काठमाडौं– प्रतिनिधी सभामा विनियोजन विधेयक २०७६ मा छलफल चलिरहेको छ। त्यही क्रममा खर्च घटाउन प्रस्ताव गर्दै सांसद बहादुर सिंह लामाले एक रुपैयाँ राख्न सुझाएका छन्।
उक्त विधेयकमा भ्रमण भत्ता रर विशिष्ट व्यक्ति प्रतिनिधी भ्रमण भत्ता दुई शिर्षकमा बजेट विनियोजित छ । त्यसमध्य विशिष्ट व्यक्ति प्रतिनिधि मण्डल भ्रमण खर्चलाई घटाएर एक रुपैयाँ बनाउन उनले प्रस्ताव गरेका हुन्। यसअघिका बजेटमा भ्रमण भत्ता मात्रै भएको छ । यसपल्ट अर्को शिर्षक समेत थपिएकाले यस्तो प्रस्ताव गरेको बताएका छन्।
यसैगरी सीप विकास र जनचेतना गोष्ठि शिर्षकमा ९ करोड ५० लाख रुपैयाँ कार्यकर्तालाई पोस्न छुट्याइएको भन्दै कटौतीको प्रस्ताव गरेका छन् र उक्त शिर्षकमा पनि एक रुपैयाँ मात्रै राख्न सुझाएका छन्।
प्रधानमन्त्री केपी शर्मा वलीको विश्वास पात्र समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको जिल्लामा धेरै बजेट र योजना पारिएको भन्दै आपत्ति जनाएका छन्। काभ्रेमा मात्रै राष्ट्रियस्तरका विभिन्न डेढ अर्ब लागतका योजना पारिएको भन्दै उनले जनाएका हुन्। काभ्रेलाई राजधान बनाउने तयारी गरिएको आशंका समेत उनले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।