काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाब पण्डितलाई मन्त्री आकाशबाट नखसेको भन्दै व्यंग्य कसेका छन्। लोक सेवाको विज्ञापनका विषयमा संसदीय समितिको निर्देशन नमान्ने पण्डितको अभिव्यक्तिप्रति रोष प्रकट गर्दै यस्तो बताएका हुन्।
सोमबार प्रतिनिधि सभामा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासनज समितिको निर्देशनलाई सरकारले कार्यान्वयन गर्नुपर्ने धारणा राखे। उनले भने, ‘संसदको निर्देशन मन्त्री मान्दिनँ भन्नुभएको छ । मन्त्री आकाशबाट खसेको हो ? यही संसदले जन्माएको हो।’
संविधानको प्रस्तावनामा र धारा ४२ मा स्पष्ट समानुपातिक समावेशी राज्यको परिकल्पना गरिएको बताउँदै उनले प्रश्न गरे, ‘संसदको निर्देशन नमान्ने, कानून नमान्ने र संविधान पनि नमान्ने ? देश कसले चलाएको छ?’
लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले पनि समितिको निर्देशन नमान्ने बताएको उल्लेख गरे । उनले लोक सेवालाई प्रश्न गरे, ‘लोक सेवाले देश चलाउन सक्छ?’
समानुपातिक समावेशी या ेसंविधानको विशेषता भएको बताउँदै त्यसलाई समेत कुल्चिन थालिएको उनको आरोप थियो । उनले भने, ‘यो मुलुक समावेशी समानुपातिक हुन्छ भन्ने संविधानको प्रस्तावनामा छ । यसैगरी धारा ४२ मा सवै अंग समावेशी समानुपातिक हुने भनिएको छ। यो व्यवस्थालाई अपहरण गर्न पाइदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।