• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुत्केरीको मृत्युपछि डडेल्धुरा सदरमुकाम तनावग्रस्त, ४ जिल्लाको यातायात ठप्प

64x64
नेपाल लाइभ शनिबार, जेठ ३२, २०७६  १३:३६
1140x725

डडेल्धुरा- चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा सदरमुकाममा प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण ४ जिल्लाको यातायातसमेत बन्द भएको छ।

अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा रक्तश्राव नरोकिएपछि डडेल्धुरा अस्पताल ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका हुन्। शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ। 

चिकित्सकले उपचारमा लापरबाही गर्दा सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै पीडित पक्षले शुक्रबार साँझ अस्पतालमा तोडफोडसमेत गरेका थिए।

आज भने मृतकका आफन्तले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गरेका छन्। जिल्ला सदरमुकामको तुनाडाँडा चोक हुँदै जिल्ला प्रशासन कार्यालय खलंगामा महिलाहरुले प्रदर्शन गरेका हुन्। 

४ जिल्लाको यातायात बन्द
दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले सडकमा टायर बालेर यातायात पूर्ण रुपमा ठप्प पारेका छन्। 

सडक अवरुद्ध हुँदा डडेल्धुरा भएर बैतडी, बझाङ, दार्चुलाका साथै पहाडबाट तराई जाने सवारीसाधन पनि रोकिएका छन्।  

घटनाको वास्तविकता के हो?
जेठ १७ मा अमरगढी– ६ छचोडा गाउँकी गीता ताम्राकारले बच्चा जन्माउन नसकेपछि घरबाट ७ किलोमिटर दुरीमा रहेको डडेल्धुरा अस्पताल ल्याइयो। सामान्य अवस्थामा बच्चा जन्मिन नसक्ने अवस्था देखिएपछि सेफालोपेल्भिक डिस्प्रोपोर्सन (शिशुको टाउको र आमाको पेल्भिसको अनुपात नमिलेको) भएको यकिन गरेपछि डडेल्धुरा अस्पतालका स्त्री तथा प्रसूती रोग चिकित्सक डा नवराज जैशीले त्यही दिन १७ गते उनको शल्यक्रिया गरेर सुत्केरी गराए। ५ दिन अस्पताल राखेर २४ गते उनलाई डिस्चार्ज गरियो। उनी १४ दिन घरै बसिन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि फलोअपका लागि बिहीबार अर्थात् जेठ ३० गते उनी अस्पताल आइन्। फलोअपमा आउँदा योनीबाट अलिअलि रक्तश्राव भएको उनले चिकित्सकलाई बताएकी थिइन्। चिकित्सकले त्यसपछि उनको भिडियो एक्सरे गरे। शल्यक्रिया गरिएको ठाउँ सामान्य भइसकेको थिएन। 

घाउ नसुकेकाले भिडियो एक्सरे गर्दा पनि सामान्य रगत मात्रै देखियो। ‘भिडियो एक्सरेमा थोरै मात्र रगत देखिएको थियो, अप्रेसन गरेको थोरै समय भएकाले अवस्था सामान्य भइसकेको थिएन,’ डा जितेन्द्र कँडेलले भने।

भिडियो एक्सरेपछि गीता घर फर्किइन्। घर गइसकेपछि फेरि दिउँसो २ बजेतिर गीतको योनीबाट रगत बग्यो र पुनः रोकियो। रोकिएपछि उनका आफन्तले उनलाई अस्पताल ल्याएनन्। ३१ गते शुक्रबार बिहान ९ बजे मात्र उनलाई अस्पताल ल्याइयो। अस्पताल ल्याउँदा गीताको अत्यधिक रक्तश्राव भएको थियो। 

अस्पताल ल्याइपुर्‍याउँदासम्म उनको स्वास्थ्य अवस्था जटिल भइसकेको उपचारमा संलग्न डा कँडेल बताउँछन्। ‘बिहान ९ बजे आउँदा उहाँको योनीबाट रक्तश्राव भइरहेको थियो, रक्तचाप नाप्न सकिने अवस्था थिएन,' उनले भने, 'बिरामी जटिल अवस्थामा रहेकाले १० बजेबाट उपचार सुरु गर्‍यौं। सलाइन दियौं, भित्र र बाहिरबाट रगत मगाएर १० पेन्ट रगत दियौं। तर, रक्तश्राव नरोकिएपछि रोक्न सकिने थप प्रक्रियाहरुको प्रयास थाल्यौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले त्यसपछि पनि आफूहरुले सबै संयन्त्र प्रयोग गरेर बिरामीलाई बचाउने प्रयास गरेको बताए। डाक्टरहरुले जति गर्दा पनि बिरामीको अवस्था नर्मल हुन नसकेपछि एयर लिफ्टिङ गर्ने प्रयासहरु समेत गरे। सडक बाटो भएर बिरामीलाई धनगढी पुर्‍याउन सकिने अवस्था नरहेको डा कँडेलको भनाइ छ। ‘यस्तो अवस्थामा धनगढी रिफर गर्न सकिँदैन थियो,’ उनले भने, ‘हेलिकोप्टरमार्फत एयर लिफ्ट गर्ने कुरा भयो तर त्यो सम्भव भएन। सबैमा म आफैले प्रयास गरेको छु।’ त्यसका लागि धनगढीस्थित प्रदेशको सामाजिक विकास मन्त्रालयसँग पनि समन्वय गरिएको उनको दाबी छ। 

तर, मन्त्रालयले हेलिकोप्टर पठाउन नसक्ने बतायो। त्यसपछि डा कँडेल सहितको टोलीले रक्तश्राव रोक्न पुनः पाठेघरको शल्यक्रियाको प्रयासमा जुट्यो। अन्तिम विकल्पका रुपमा त्यही मात्र रहेपछि बिरामी गीताका श्रीमान धर्मराज ताम्राकारले पुनः शल्यक्रिया गर्ने सहमति दिए। 

तलमाथि परेमा आफै जिम्मेवारी हुने भन्दै डेथ अन टेबल भनिने मन्जुरीनामामा पनि हस्ताक्षर गरे। उनका श्रीमान् धर्म अछामको एक स्वास्थ्य चौकी इन्चार्ज रहेको स्थानायी भरत कैनीले बताएका छन्। गीताले यसभन्दा अगाडि सामान्य अवस्थामै जुम्ल्याहा एक छोरा एक छोरी पाएको पनि उनको भनाइ छ।

शल्यक्रियाकै क्रममा रगत जम्ने प्रक्रिया सुरु भएको र साँझ ५:१५ मा उनको मुटुको चाल रोकिएको डा कँडेलले बताए। बिरामी बचाउन सबै प्रयास असफल भएपछि अस्पतालले गीताको मृत्यु भएको जानकारी बिरामीका आफन्तलाई गरायो। त्यसलगतै आफन्तहरु तोडफोड र प्रदर्शनमा उत्रिए। शुक्रबार साँझको तोडफोडबाट अस्पतालमा सामान्य क्षति भएको छ। 

मध्यराति सहमति
शुक्रबार मध्यरात लामो छलफलपछि जिल्ला प्रहरी कार्यालयले दुवै पक्षबीच सहमति भएको जानकारी दिएको छ। 

'घटनाको अनुसन्धान गरी छानबिन गर्नका लागि स्वास्थ्य मन्त्रालयमा लेखेर पठाउँछौं,' प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले भने, ‘यदि डाक्टर दोषी देखिएमा कारबाही गर्ने र पीडित पक्षलाई राहतको लागि प्रदेशमा लेखेर पठाउने सहमति भएको छ।’ 

त्यस्तै, अमरगढी नगरपालिकाले कार्यपालिकामा राहतको लागि छलफल गर्नेसमेत सहमति भएको उनले बताए। अन्य जिल्लाबाट चिकित्सक ल्याई मृतकको पोर्टमार्टम गराउने सहमति पनि भएको छ। 

अहिले मृतकको शव डडेल्धुरा अस्पतालमै राखिएको र बैतडीबाट पोस्टमार्टम डाक्टर आइरहेको प्रशासनले बताएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्