• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

उच्च रक्तचापसँग किन डराउने?

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३१, २०७६  १७:०७
1140x725

- हृदयघात र मस्तिष्कघातको प्रमुख कारण उच्च रक्तचाप हो। हृदयघातबाट हुने मृत्युको लागि ४५ प्रतिशत र मस्तिष्कघातबाट हुने मृत्युको लागि ५१ प्रतिशत उच्च रक्तचाप मात्र जिम्मेवार मानिन्छ।

- रक्सिजन्य पदार्थ र धूमपानले मुटुलाई हानि गर्ने भएकाले सेवन गर्नुहुँदैन। सेवन गर्नेले पनि मात्रा विस्तारै घटाउँदै निश्चित समयसिमा तोकेर बन्द गर्नुपर्छ।

उच्च रक्तचाप जनस्वास्थ्यको प्रमुख समस्या हो। जीवनशैलीमा आएको परिवर्तनसँगै उच्च रक्तचाप र त्यसका जटिलताहरु विश्वका विकसित, विकासोन्मुख र अल्पविकशित देशहरुको साझा चुनौती बनेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हाल एक अर्ब मानिसमा उच्च रक्तचापको समस्या छ। जसको दुईतिहाइ संख्या विकासोन्मुख देशका नागरिकमा छ। सन् २०२५ सम्म यो संख्या बढेर १ अर्ब ५६ करोड पुग्ने आकलन गरिएको छ। दक्षिणपूर्वी एसियाका एक तिहाइ युवा जनसंख्या उच्च रक्तचापबाट पीडित छन्।

उच्च रक्तचापबाट बर्सेनी ८० लाख मानिसको मृत्यु हुन्छ। दक्षिणपूर्र्वी एसियामा १५ लाख मानिसले उच्च रक्तचापबाट जीवन गुमाउँछन्। विश्वमा मुटु एवं मुटुको रक्तनलीजन्य रोग मृत्युको प्रमुख कारण बनेको छ। सन् २०१७ मा १ करोड ७९ लाख मानिसको मृत्यु मुटु एवं मुटुको रक्तनलीजन्य रोगबाट भयो। जुन कूल मृत्युको ३१ प्रतिशत हो। त्यसमा पनि ८५ प्रतिशतको मृत्यु हृदयघात र मस्तिष्कघातबाट भएको छ।

हृदयघात र मस्तिष्कघातको प्रमुख कारण उच्च रक्तचाप हो। हृदयघातबाट हुने मृत्युको लागि ४५ प्रतिशत र मस्तिष्कघातबाट हुने मृत्युको लागि ५१ प्रतिशत उच्च रक्तचाप मात्र जिम्मेवार मानिन्छ। यसका अतिरिक्त उच्च रक्तचापले मुटुरोग, मिर्गौलारोग, मधुमेह आदि पनि गराउँछ। विश्वमा तीनमध्ये एक वयस्कमा उच्च रक्तचाप रहेको, तीनमध्ये एकलाई उच्च रक्तचाप भएको थाहा नभएको र तीनमध्ये एकको उच्च रक्तचाप नियन्त्रणमा नरहेको बताइन्छ।

नेपालमा पनि नसर्ने रोगको महामारी बढ्दै गइरहेको छ। सन् २०१७ मा कूल मृत्युको ६६ प्रतिशत मृत्यु नसर्ने रागबाट भयो। मुटु एवं  मुटुको रक्तनलीजन्य रोगबाट मात्र ३० प्रतिशतको मृत्यु भयो। नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१७ अनुसार १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचापको समस्या छ। त्यस्तै २४ प्रतिशत महिला र ३१ प्रतिशत पुरुषमा पूर्वउच्च रक्तचाप (प्रि–हाइपरटेन्सन) छ।

पाँच वर्षयता भएका विभिन्न अनुसन्धानबाट सिन्धुलीको ग्रामीण क्षेत्रमा १२ दशमलव ३ प्रतिशत, धुलिखेलमा २७ दशमलव ७ प्रतिशत, पोखरामा २८ प्रतिशत, सुर्खेतमा ३८ दशमलव ९ प्रतिशत र काठमाडांैमा ३२ दशमलव ५ प्रतिशतमा उच्च रक्तचाप रहेको पाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

के हो उच्च रक्तचाप ?
मुटुको नियमित खुम्चिने र फैलिने क्रियाबाट शुद्ध रगत शरीरभरि पुग्छ। रगतको बहावबाट रक्तनलीको भित्तामा पर्ने दबाब नै रक्तचाप हो। मुटु खुम्चिने अवधिको दबाबलाई सिस्टोलिक र मुटु फैलिने अवस्थाको दबाबलाई डायस्टोलिक प्रेसर भनिन्छ। बोलिचालीको भाषामा सिस्टोलिक प्रेसरलाई माथिको र डायस्टोलिक प्रेसरलाई तलको प्रेसर भन्ने गरिएको पाइन्छ।

सामान्य सिस्टोलिक प्रेसर १०० देखि १४० एमएम एचजी र डायस्टोलिक प्रेसर ६० देखि ९० एमएम एचजीसम्म हुन्छ। सिस्टोलिक प्रेसर १४० र डायस्टोलिक प्रेसर ९० एमएम एचजीभन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ। उच्च रक्तचाप प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारका हुन्छन्। प्राइमरी हाइपरटेन्सनको निश्चित कारण थाहा छैन अथवा विभिन्न मिश्रित कारणहरुबाट रक्तचाप बढ्छ। ९० देखि ९५ प्रतिशत उच्च रक्तचाप प्राइमरी हाइपरटेन्सन हुन्छ। ५ देखि १० प्रतिशत उच्च रक्तचाप मुटुरोग, मिर्गौलारोग, हर्मोनल समस्या, औषधिको पाश्र्व प्रभाव आदिको कारण हुन्छ, जसलाई सेकेन्डरी हाइपरटेसन भनिन्छ।

उच्च रक्तचापको कारण
प्राइमरी हाइपरटेन्सन विविध कारणको संयुक्त नतिजा हो। जसलाई  अपरिवर्तनीय र परिवर्तनीय कारणमा वर्गीकरण गर्न सकिन्छ।

अपरिवर्तनीय कारण
उमेर : सामान्यतया उमेर बढ्दै जाँदा रक्तनलीमा आउने संरचनागत  परिवर्तन (साँघुरो र कडापन) ले रक्तचाप पनि बढ्ने गर्छ।
अनुवांशिकता : रक्तचाप निर्धारणमा जिनको भूमिका रहने विश्वास गरिन्छ। एउटै जाइगोटबाट जन्मिएका जुम्लाहा बच्चामध्ये एकलाई उच्च रक्तचाप भएमा अर्कोलाई पनि भएको पाइएको छ। त्यस्तै सामान्य रक्तचाप भएका आमाबुबाबाट जन्मेका बच्चामा पछि उच्च रक्तचाप हुने सम्भावना तीन प्रतिशत मात्र हुन्छ तर आमाबुबा दुवैमा उच्च रक्तचाप भएमा बच्चामा उच्च रक्तचाप हुने सम्भावना ४५ प्रतिशत हुन्छ।
जातियता : तुलनात्मक रुपमा काला (अफ्रिकन–अमेरिकन) हरुमा अरुभन्दा रक्तचाप बढी पाइएको छ।

Xtrem

Xtrem

परिवर्तनीय कारण


उच्च रक्तचाप अस्वस्थकर आहार, बिहार, विचार र व्यवहारको नतिजा हो। अस्वस्थकर आहार, शारीरिक निष्क्रियता, सूर्ती र रक्सिजन्य पदार्थको सेवनले उच्च रक्तचाप, मोटोपना, मधुमेह र उच्च लिपिड (मोटाबोलिक रिक्स) गराउँछ। जसबाट मुटु एवं रक्तनलीजन्य रोग र मिर्गौलारोग गराउँछ।

धूमपान : विश्वमा ७० लाख मानिस बर्सेनी धूमपानको कारणबाट मृत्युवरण गर्छन्। १० मृत्युमध्ये १ मृत्युको लागि धूमपान जिम्मेवार मानिन्छ। निकोटिनले मुटु एवं रक्तनलीमा संरचनागत र क्रियागत परिवर्तन गराउँछ। धूमपानले रगतको तरलतामा परिवर्तन ल्याउने, एथेरोमा प्लेग बन्न सघाउने, रक्तनली साँघुरो र कडा बनाई रक्तप्रवाहमा कमी ल्याउँछ। धूमपान गरिरहेको समयमा सिम्पेथेटिक नर्भस सिस्टम सक्रिय भई मुटुको चाल र रक्तचाप बढ्छ, जुन सामान्य हुन २० मिनेट लाग्छ। धूमपान छोडेको एक वर्षमा हृदयघात हुने सम्भावना आधा कम हुन्छ भने पक्षघात हुने सम्भावना धूमपान नगर्ने जतिको अवस्थामा पुग्न पाँच वर्ष लाग्छ।

मद्यपान : विश्वमा मद्यपानको कारण २०१७ मा ३० लाख मानिसको मृत्यु भयो। जसमा १९ प्रतिशतको मृत्यु अत्यधिक मद्यपानको कारण हुने मुटु एवं रक्तनलीको रोगबाट भएको छ। एक अध्ययनले रक्सी सेवनको एक घन्टापछि रक्तचाप बढ्ने र अर्को सात घन्टामा पूर्ववत् अवस्थामा आउने देखाएको छ। रक्सी सेवनबाट मुटुको चाल र कार्डियक आउट पुट बढ्छ भने रक्तनली फैलिएर पेरिफेरल रेसिस्टेन्ट केही कम हुन्छ।
अल्कोहल बढी मात्रामा लामो समयसम्म सेवन गरेमा कार्डियोमायोप्याथी, हार्ट फेलर, मुटुको चाल अनियमित हुने समस्या गराउँछ। बढी मात्रामा रक्सी सेवन गर्ने उच्च रक्तचापका रोगीहरुलाई रक्सी छुटाउँदा रक्तचाप पनि कम भएको अनुसन्धानहरुले देखाएका छन्। अलवा अल्कोहलले शरीरको मेटाबोलिज्म, लिपिड प्रोफाइल, मोटोपना, कलेजोको सक्रियता आदिमा असर गर्छ। 

अस्वस्थकर आहार : मुटुको स्वास्थ्यसँग नुन (सोडियम) को मात्रा, स्याचुरेटेड फ्याट  र फाइवरयुक्त आहारको सेवन सम्बन्धित छ। नुन सेवन बढी हुँदा पे्रसर बढ्छ। विश्व स्वास्थ्य संगठनले दैनिक ५ ग्राम नुनको सेवन शरीरको लागि पर्याप्त मानेको छ। तर अध्ययनहरुले ९ देखि १२ ग्राम नुन दैनिक सेवन भइरहेको देखाएको छ। प्राकृतिक चिकित्सामा त नुनलाई सेतो विष नै मानिन्छ। 

शरीरमा सोडियमको मात्रा निर्धारण गर्न मिर्गाैलाले भूमिका खेल्छ र बढी सोडियम पिसाब र पसिनाबाट बाहिर जान्छ। मिर्गौला सोडियम छान्ने क्षमता ३० वर्षपछि विस्तारै कम हुँदै जान्छ, जुन ८० वर्ष पुग्दा ४० प्रतिशतमा सीमित रहन्छ। अन्तत्तोगत्वा उमेर ढल्दै जाँदा सोडियम बढी भइरहेमा प्लाज्मा सोडियम र फ्लुड भोलुम बढेर ब्लड प्रेसर बढ्छ। एक अध्ययनमा दैनिक ८ ग्राम नुन सेवन गरिरहेका व्यक्तिहरुलाई ४ हप्तासम्म ४ ग्राम नुन सेवन गराउँदा सिस्टोलिक प्रेसर ८ र डायस्टोलिक प्रेसर ४ एमएम एजजी कम भएको पाइएको छ।

त्यस्तै स्याचुरेटेड फ्याटको अत्यधिक सेवन पनि मुटुको लागि प्रतिकूल हुन्छ। शरीरलाई आवश्यक जम्मा क्यालोरीको १० प्रतिशतभन्दा कम क्यालोरीको स्रोत स्याचुरेटेड फ्याट हुनुपर्छ। अध्ययनहरुले स्याचुरेटेड फ्याटको सेवनले कोलेस्टेरोल र लो डेन्सिटी लिपोप्रोटिन बढ्ने देखिएको छ, जसले मुटुरोगको सम्भावना बढाउँछ।

स्याचुरेटेड फ्याटको मुख्य स्रोत जनावरजन्य आहार हुन्। कोकोनट र पाम तैल वनस्पतीजन्य भए पनि स्याचुरेटेड फ्याटका स्रोत हुन्। सागपात एवं फलफूल मुटुको लागि हितकर छ। सागपात एवं फलफूल फाइवर, भिटामिन, मिनरल्सका स्रोत हुन्। यिनीहरुले लो डेन्सिटी लिपोप्रोटिन घटाउँछन्। फलफूल पोटासियमको राम्रो स्रोत हो। यसले सोडियमको निष्कासनमा सहयोग गर्छ, रक्तनलीहरुलाई फैलाउँछ र रक्तचाप कम गर्न सहयोग गर्छ। 

शारीरिक निष्क्रियता : सक्रिय शारीरिक गतिविधि मुटु स्वास्थ्यको लागि महत्वपूर्ण छ। विश्व स्वास्थ्य संगठनले हप्तामा १५० मिनेट मध्यम व्यायाम (पसिना आउने र अलिअलि स्याँस्याँ हुने) गर्न सुझाएको छ। दैनिक कामसँग सम्बन्धित (घर वा कार्यालय वा पेशागत), यातायातसँग सम्बन्धित (हिँडडुल, दौड, साइक्लिङ, सवारी साधनको प्रयोग), मनोरञ्जनात्मक शारीरिक व्यायाम (योग, प्राणयाम, नृत्य, जगिङ, खेलकुद आदि) नै शारीरिक गतिविधिका घटक हुन्। व्यायामले मुटुको रक्तसञ्चार सुदृढ बनाउँछ। विभिन्न केमिकल मेडियटरहरुको माध्यमबाट रक्तनलीहरुको लचकता र फैलावट बढाउँछ। शरीरको तौल घटाउन सहयोग गर्छ। नराम्रो कोलेस्टेरोल घटाउँछ र राम्रो कोलेस्टेरोल बढाउँछ। मनोरञ्जनात्मक व्यायामले सिम्पाथेटिक नर्भस सिस्टमको सक्रियता घटाउँछ र रक्तचाप कम गर्न सहयोग गर्छ। केही कडा खालका व्यायामलगत्तै भने रक्तचाप बढ्छ (पोस्ट एक्सरसाइज हाइपरटेन्सन) जुन केही समयमा स्वतः घट्छ।

उच्च रक्तचापको लक्षण
खासै लक्षण नदेखाई मृत्युको मुखसम्म पु¥याउने भएकाले उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ। केहीलाई टाउको दुख्ने, चक्कर लाग्ने, हेर्न असहज हुने, क्षणिक बेहोस हुने आदि हुनसक्छ।

उपचार एवं जीवनशैली व्यवस्थापन
अमेरिकन कलेज अफ कार्डियोलोजी र अमेरिकन हार्ट एसोसिएसनले रक्तचाप सामान्य (१२०÷८० भन्दा कम) रहेको अवस्थामा वार्षिक रुपमा रक्तचाप मापन गर्र्न र स्वस्थ जीवनशैली अपनाउन सुझाएको छ। त्यस्तै बढ्दो रक्तचाप (सिस्टोलिक १२० देखि १२९ र डायस्टोलिक ८० भन्दा कम) को अवस्थामा ३ देखि ६ महिनामा पुनःपरीक्षण गर्न र जीवनशैली व्यवस्थापन गर्न भनेको छ।

फस्ट स्टेज हाइपरटेन्सनमा कार्डियोभास्कुलर रिक्स १० प्रतिशतभन्दा कम भएमा जीवनशैली व्यवस्थापन र ३ देखि ६ महिनामा फेरि रक्तचाप परीक्षण गर्नुपर्छ। तर कार्डियोभास्कुर रिक्स १० प्रतिशतभन्दा बढी भएमा औषधि सेवनका साथ जीवनशैली परिवर्तन गर्नुपर्छ। एक महिनामा रक्तचाप नियन्त्रणमा आएमा पुनः ३ देखि ६ महिनामा रक्तचाप परीक्षण गर्नुपर्छ र नियन्त्रण नभएमा औषधि पुनरावलोकन गर्नुपर्छ। सेकेन्ड स्टेज हाइपरटेन्सनमा औषधि र जीवनशैली व्यवस्थापन सँगसँगै गर्नुपर्छ र १ महिनामा पुनःपरीक्षण गर्नुपर्छ।

विभिन्न अनुसन्धानबाट उच्च रक्तचापको रोकथाम, व्यवस्थापन एवं नियन्त्रणमा जीवनशैली व्यवस्थापनबाट प्रभावकारी रुपमा गर्न सकिने देखाएका छन्। बढी भएको तौल १० केजी कम गर्दा ५ देखि २० एमएम एचजी सिस्टोलिक प्रेसर कम हुन्छ। आहारमा फलफूल सागपातको पर्याप्त सेवन र चिल्लो कम गर्दा ८ देखि १४ एमएम एचजी प्रेसर कम हुन्छ। नुनको मात्रा कम गरेर २ देखि ८ एमएम एचजी, व्यायाम गरेर ४ देखि ९ एमएम एचजी र अल्कोहल बन्द वा न्यून गरेर २ देखि ४ एमएम एचजी सिस्टोलिक प्रेसर कम गर्न सकिन्छ।

तौल सामान्य राख्नुपर्छ। दैनिक खाने आहारमा पाइने जम्मा क्यालोरी र शरीरलाई आवश्यक क्यालोरी हिसाब गरी सन्तुलित आहारको मेनु बनाउनुपर्छ। शरीरलाई आवश्यक पर्ने क्यालोरीको ५० देखि ६५ प्रतिशत कार्बोहाइड्रेटबाट, १० देखि १५ प्रतिशत प्रोटिनबाट र २० देखि ३० प्रतिशत चिल्लोबाट पूर्ति गर्नुपर्छ। आरामदायी जीवन जिउने पुरुषलाई २,३२० किलोक्यालोरी, औसत सक्रिय जीवन जिउनेलाई २,७३० किलोक्यालोरी र कडा परिश्रम गर्ने पुरुषलाई ३,४९० किलोक्यालोरी शक्ति दिने आहार दैनिक चाहिन्छ।

त्यस्तै आरामदायी जीवन जिउने महिलालाई १,९०० किलोक्यालोरी, औसत श्रम गर्ने महिलालाई २,२३० किलोक्यालोरी र कडा परिश्रम गर्ने महिलालाई २,८५० किलोक्यालोरी दैनिक आवश्यक हुन्छ। कार्बोहाइड्रेटले ४ किलोक्यालोरी प्रतिग्राम, प्रोटिनले ४ किलोक्यालोरी प्रतिग्राम र फ्याटले ९  किलोक्यालोरी प्रतिग्राम शक्ति दिन्छ।

शरीरलाई आवश्यकभन्दा बढी खपत गरिएको क्यालोरीले शरीरको तौल बढाउँछ। बढी भएको शरीरको तौल कम गर्न क्यालोरीको खपत कम गरेर र खर्च बढी गरेर क्यालोरी डिफिसिट गराउनुपर्छ। एकै पटक अधिक क्यालोरी खर्च गर्ने वा धेरै तौल घटाउने वा लामो समय निराहार बस्ने कुरा स्वास्थ्यको दृष्टिकोणले उपयुक्त हुँदैन। प्रतिहप्ता आधा केजी तौल कम गर्नु राम्रो मानिन्छ जुन न्यून क्यालोरीयुक्त आहार सेवन र नियमित शारीरिक व्यायामबाट गर्न सकिन्छ।

स्वस्थ मानिसले दैनिक ३० मिनेट मध्यम  शारीरिक व्यायाम गर्नुपर्छ। बढ्दो रक्तचाप वा उच्च रक्तचाप भएमा थप ३० मिनेट व्यायाम गर्नुपर्छ। बिहान र साँझ छिटोछिटो हिड्नु, दौडनु, पौडी खेल्नु, साइकल चलाउनु, नाँच्नु, आउट डोर गेम खेल्नु, योग प्राणायाम गर्नु शारीरिक श्रम गर्नु आदि व्यायामका विभिन्न रुप हुन्। शारीरिक रुपमा सक्रिय रहँदा क्यालोरी खर्च हुन्छ र तौल नियन्त्रण गर्न सघाउ पुग्छ। नियमित योग एवं प्राणायामले रक्तचाप र तनाव नियन्त्रण गर्न सहयोग गर्ने अनुसन्धानहरुले देखाएका छन्। 

दैनिक रुपमा फलफूल एवं सागपात सेवन गर्नुपर्छ। खानासँगै वा अघि सलाद प्रयोग गरेर खाना/भातको मात्रा कम गरी क्यालोरी घटाउन सकिन्छ। खाजाको रुपमा फलफूल सेवन गर्न सकिन्छ। त्यस्तै खानामा हरियो सागपात छुटाउनु हुँदैन। चिल्लोको मात्रा कम गर्नुपर्छ। बजारमा पाइने तयारी खाना एवं होटेलका परिकारमा चिल्लो बढी प्रयोग हुने भएकाले सेवन गर्दा सही परिकार छनोट र सकभर कम सेवन गर्नुपर्छ।

रक्सिजन्य पदार्थ र धूमपानले मुटुलाई हानि गर्ने भएकाले सेवन गर्नुहुँदैन। सेवन गर्नेले पनि मात्रा विस्तारै घटाउँदै निश्चित समयसिमा तोकेर बन्द गर्नुपर्छ। काममा व्यस्त रहने, धूमपान र मद्यपान गर्नेहरुको संगत नगर्ने र तलतल मेट्न अन्य वैकल्पिक उपायहरु अपनाउनुपर्छ।

रक्तचापको अवस्थाअनुसार उपचारको लागि जीवनशैली परिवर्तन र औषधि चिकित्सकले सिफारिस गर्ने गर्छन्। यसर्थ चिकित्सकको नियमित सम्पर्कमा रही रक्तचाप मापन र अन्य आवश्यक परीक्षण गर्नुपर्छ। रक्तचाप सामान्य रहेमा र अन्य कुनै रिक्स नभएमा औषधिको मात्रा घटाउँदै चिकित्सकको निगरानी र सल्लाहमा बन्द गर्न पनि सकिन्छ। तर आफैंले औषधि परिवर्तन वा बन्द गर्नुहुँदैन।

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  १७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्