• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ९, २०८३ Wed, Apr 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुदूरपश्चिम : संसदीय समितिमा छलफल सुरु नहुँदै विवादमा प्रदेश लोकसेवा विधेयक

सांसद भन्छन्- दफावार छलफल नै नगरी विधेयक फिर्ता लिइयोस्
64x64
नेपाल लाइभ बिहीबार, जेठ ३०, २०७६  १०:०१
1140x725

फाइल तस्बिर।


धनगढी- सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विषगत संसदीय समितिमा छलफल हुन नपाउँदै विवाद भएको छ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको प्रदेश लोकसेवा विधेयकमा 'समानुपातिक समावेशीताको सिद्धान्त नसमेटिएको' भन्दै प्रदेशसभामा विवाद चर्किएको छ।

सुदूरपश्चिम प्रदेशसभामा जेठ १४ गते पेस भएको 'प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'मा समानुपातिक समावेशीताको सिद्धान्तलाई आत्मसात् गर्न नसकेको भन्दै प्रतिपक्ष र सत्तापक्षका सांसदहरूले विरोध गरेका छन्।

सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकले सो विधेयकलाई विधायन तथा प्रदेश मामिला समितिमा छलफलका लागि पठाएको छ। विधेयकमाथि जेठ १७ गतेको प्रदेशसभा बैठकमा सामान्य छलफलको क्रममा सांसदहरूले विधेयकले सामानुपातिक समावेशिताको सिद्धान्त र संविधानको मर्मलाई समेट्न नसकेको भन्दै तत्काल विधायन समितिमा पठाउन सुझाव दिएका थिए।

नेपालको संविधानको धारा ३८ (४), ४० (१), ४२ (१) र धारा २८५ ले प्रत्याभूत गरेको 'महिला, दलित, मधेसी, थारु, जनजाति, मुस्लिम, पिछडिएका वर्ग र क्षेत्र समेतलाई राज्यको निकायमा समानुपातिक समावेशी सहभागी हुन पाउने अधिकार हुने' व्यवस्था छ। तर, प्रदेशको लोकसेवा विधेयकले त्यस व्यवस्थालाई पूर्णरुपमा बेवास्ता गरेको भन्दै प्रतिपक्षी दलले विरोध गरिरहेका छन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा सदस्यहरूले पनि विधेयकको मस्यौदा संविधानको मर्म तथा व्यवस्थाविपरीत रहेको आरोप लगाइरहेका छन्। सत्तारुढ दल नेकपाकी प्रदेशसभा सदस्य दुर्गा कामीले प्रदेश लोकसेवा विधेयक दलितमैत्री नभएको दाबी गरिन्। उनले भनिन्, 'दलित समुदायलाई राज्यका हरेक अंगमा पुर्‍याउन विधेयकमा स्पष्ट व्यवस्था हुनुपर्थ्यो, तर त्यसो गरिएन।'

सुदूरपश्चिम प्रदेशसभामा २ जना सदस्य रहेको राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेशको लोकसेवा विधेयक समावेशी नभएको भन्दै दफावार छलफल नगरी सरकारले फिर्ता लिनुपर्ने माग गरेको छ। ‘यो विधेयक संविधानको मर्मविपरीत छ,’ राजपाकी प्रदेश सांसद तथा विधायन समिति सदस्य मालामति रानाले भनिन्, 'हामी यो विधेयकमा दफावार छलफल गर्ने पक्षमा छैनौं। यो विधेयक फिर्ता हुनुपर्छ।'

nimb
nimb
Ncell 2
Ncell 2

सांसद रानाले संविधानले व्यवस्था गरेको समावेशी, समानुपातिक व्यवस्था विधेयकमा समावेश गरेर सरकारले प्रदेशसभामा ल्याउनुपर्ने माग गरिन्।

विधेयकको परिच्छेद ४ को पदपूर्तिसम्बन्धी व्यवस्थाको पद संख्या निर्धारण गर्ने सम्बन्धी दफा १७ मा ‘प्रदेश निजामती सेवा, प्रदेशका अन्य सरकारी सेवा, प्रदेश संगठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको पदपूर्ति गर्दा त्यस्तो सेवाको सर्तसम्बन्धी कानुनमा उल्लेख भएको प्रतिशत बमोजिम पद संख्या निर्धारण गरी खुल्ला प्रतियोगिता वा बढुवाद्वारा पदपूर्ति गर्नुपर्नेछ’ भन्ने व्यवस्था गरिएको छ।

विधेयकको सोही परिच्छेदको दफा १८ को विज्ञापन प्रकाशन गर्ने सम्बन्धी उपदफा (२) मा ‘दफा १७ बमोजिम पद संख्या निर्धारण भएपछि आयोगले खुला प्रतियोगिता तथा बढुवाद्वारा पदपूर्ति गर्न छुट्टाछुट्टै विज्ञापन प्रकाशन गनुपर्नेछ’ भन्ने उल्लेख छ।

प्रदेशसभा सदस्य रानाले भनिन्, 'विधेयकले संविधानमा उल्लेख गरेको समावेसी, समानुपातिक प्रणालीलाई बेवास्ता गरेको छ। यो विधेयकले आदिवासी, जनजाति, मुस्लिम, दलित तथा उपेक्षित वर्गलाई छुन सकेको छैन।'

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले पनि विधेयकले समावेशी तथा समानुपातिक अवधारणालाई अवलम्बन गर्न नसकेको जिकिर गरे। ‘यो विधेयक धेरै अगाडि नै टेबुल हुनुपर्ने थियो। ढिलो गरी आए पनि जनमैत्री देखिएको छैन,’ उनले भने, 'विधेयकमा धेरै संशोधन आवश्यक देखिएको छ।'

नेता रावलले विधेयकले समानुपातिक समावेशीताका लागि कुनै स्थान दिन नसकेको दाबी गरे। ‘स्थायी कर्मचारीका लागि विधेयकले उत्पिडनमा परेका वर्गहरूको कोटा निर्धारण गर्न सक्नुपर्ने थियो,’ उनले भने, 'अहिले पनि प्रदेशमा थारु, राजी, राउटे, दलितलगायतका उत्पीडित समुदाय छन्। यस्ता समुदायलाई राज्यको मुलधारमा ल्याउन विधेयकले स्पष्ट व्यवस्था गर्नुपर्दछ।'

प्रमुख प्रतिपक्षी नेता रावलले अहिले संघीय सरकारले नै प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउने गरी लोकसेवा आयोगले निकालेको विज्ञापनले पनि संघीयताको मर्मलाई अवलम्बन गर्न नसकेको बताए। ‘संघले नै प्रदेशमा कर्मचारी खटाउने हो भने प्रदेशमा लोकसेवा विधेयक किन गठन गर्नुपर्‍यो?,’ उनको प्रश्न छ।

यसैबीच, विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले केही दिनमा लोकसेवा विधेयकमाथि छलफल प्रारम्भ हुने जानकारी दिए। उनले सो विधेयकसम्बन्धी छलफल सुरु नभएकाले विवाद भएको सम्बन्धी जानकारी आफूलाई नरहेको बताए।

प्रदेशसभा सदस्य मात्र नभएर प्रदेशका आदिवासी, जनजाति तथा दलित समुदायहरूले पनि विधेयकका विषयमा असन्तुष्टि व्यक्त गरिरहेका छन्। थारु कल्याणकारिणी सभाका प्रवक्ता माधव थारुले प्रदेशसभामा छलफलमा रहेको 'प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'को प्रस्तावनालगायत विभिन्न दफामा संविधानको मर्मअनुसार समानुपातिक समावेशीताको सिद्धान्तलाई अंगिकार नगरेको दाबी गरे।

'पूर्ण समानुपातिक समावेशीता पटक–पटक गरेको आन्दोलनको मुल उपलब्धि हो। यसलाई हामीले संस्थागत गणतन्त्रकै मुल उपलब्धि मानेका छौं। मुल उपलब्धि नै गुमिरहेको बेलामा हामी चुप लागेर बस्न सक्दैनौं,' थारुले बताए।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेशसभाको जेठ १४ गतेको बैठकमा सो विधेयक टेबुल गरेका थिए। विधेयक पास भएपछि प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठनको बाटो पाउने छ।

मन्त्री शाहले सो विधेयक पारित भएपछि प्रदेशमा विकास निर्माणका कामले गति लिने दाबी गरे। ‘अहिले कर्मचारीको अभावमा धेरै काम ठप्प छन्,’ मन्त्री शाहले भने, 'यो विधेयक पास भएपछि प्रदेशमा काम गर्न निकै सजिलो हुनेछ।'

प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोल्यान्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
सुदन किराँतीले छोडे प्रलोपा
सुनचाँदीको मूल्यमा सामान्य गिरावटसुनचाँदीको मूल्यमा सामान्य गिरावट
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पोल्यान्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ बुधबार, वैशाख ९, २०८३
सुदन किराँतीले छोडे प्रलोपा बुधबार, वैशाख ९, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावटसुनचाँदीको मूल्यमा सामान्य गिरावट बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
वार्ताका लागि युद्धविरामको अवधि थप गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा बुधबार, वैशाख ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी, कसलाई कुन क्षेत्र ? मंगलबार, वैशाख ८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, वैशाख ८, २०८३
यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय (सूचीसहित) मंगलबार, वैशाख ८, २०८३
रास्वपा सभापति लामिछानेकाे सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्