जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपतिलाई अध्यादेश रोक्ने संवैधानिक प्रावधान नरहेको बताएका छन्।
रामानन्द युवा क्लबद्वारा जनकपुरधाममा बुधबार आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले संविधानले कार्यकारी राष्ट्रपतिको व्यवस्था नगरेको अवस्थामा राष्ट्रपतिले कार्यकारीझैं बन्न खोज्नु राष्ट्रमा अन्योल सिर्जना गर्नु रहेको बताए।
सरकारले आम निर्वाचनपूर्व नै अध्यादेशमार्फत एकल सङ्क्रमणीय पद्धतिका आधारमा राष्ट्रियसभाको निर्वाचन गराउनुपर्छ भनी राष्ट्रपतिसमक्ष विधेयक पेस गरेको अवस्थामा राष्ट्रपतिको भूमिका संवैधानिक प्रावधान अनुरूप नहुनु चिन्ताको विषय भएको उनले बताए।
पूर्वउपप्रधानमन्त्री निधिले सत्ता हस्तान्तरणको बाधक प्रधानमन्त्री नभई संवैधानिक प्रक्रिया रहेको भन्दै यस यथार्थभन्दा विपरीत एमालेका नेताले भ्रम सिर्जना गरिहेकामा आपत्ति जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।