जनकपुर- धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ। धनुषाधाम-३ स्थित रहेको नगर कार्यपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको हो।
विस्फोटबाट नगरपालिका कार्यालयको परिसरमा रहेको सभाहलको पर्खाल भत्किएको छ। बुधबार राति साढे ९ बजेतिर बम विस्फोट भएको प्रहरीले बताएको छ।
नगरपालिकाको कार्यालयमा विस्फोटक पदार्थ कसले राखेको थियो भन्नेबारे खुल्न नसकेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरण कुमार यादवले जानकारी दिए।
विस्फोटबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।