काठमाडौं- स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
सोमबार बेलुका जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलबरिया बाराबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बाराको सुवर्ण गाउँपालिका ७ सनफुलवास्थित दशगजा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो। सडकमा चेकजाँचको क्रममा भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा ११ पिपरा टोल बस्ने २४ वर्षका वृजकिशोर कुमार पक्राउ परेका हुन्।
उनी बिआर ०५ एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार थिए। प्रहरीले चेकजाँजको क्रममा दुवै खुट्टाको घुँडामुनि पिडौंलाको भाग, कम्मर, पाइन्टको खल्ती तथा हेल्मेट र मोटरसाइकलको डिक्की समेतमा लुकाइ राखेको अवस्थामा सो रकम बरामद गरेको हो।
उनलाई बरामद नगदसहित प्रहरीले थप अनुसान्धनका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।