• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३१, २०८२ Sat, Jun 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
प्रदेश ६ मा कमजोर भएको हो कांग्रेस ?
64x64
नेपाल लाइभ बुधबार, पुस ५, २०७४  १५:२३
1140x725

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई आधार मान्ने हो भने प्रदेश नम्बर ६ मा शीर्ष तीन दल नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसको करिब समान हैसियत देखिन्छ। यहाँका ७९ स्थानीय तहमध्ये एमालेले २७ तथा कांग्रेस र माओवादीले समान २५ स्थानीय तहमा जित हात पारेका थिए। दुई वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भए। 

जितेको सिट संख्याको आधारमा मात्र नभई नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षहरुले पाएको मतका आधारमा पनि यो प्रदेशमा तीन दलबीचको मतान्तर खासै धेरै छैन। तीन वटै दलले करिब दुई लाखको आसपासकै संख्यामा मत प्राप्त गरेका थिए। 

तर, स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ महिनापछि भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको परिणामलाई हेर्ने हो भने कांग्रेस यो प्रदेशमा प्रत्यक्षतर्फ नतिजा शून्यको अवस्थामा पुग्यो। प्रदेशसभा सदस्यमा एउटा मात्रै सिट जितेको कांग्रेसले प्रतिनिधिसभातर्फ कुनै पनि क्षेत्रमा जित हात पार्न सकेन। समानुपातिकतर्फको मतका आधारमा पाएको ६ सिट र प्रत्यक्षतर्फ जितेको एक सिटसहित ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका ७ जना मात्रै प्रतिनिधि हुने भएका छन्। 

६ महिनामै कांग्रेस यति कमजोर भएको हो त? कांग्रेसभित्र र बाहिर अहिले यो प्रश्नमाथि चर्चा भइरहेको छ।

गुमेको छैन जनमत 

जितेको सिट संख्याका आधारमा कांग्रेस निकै कमजोर देखिए पनि प्राप्त मतका आधारमा कांग्रेस निराशाजनक अवस्थामा पुगिसकेको भने छैन। जिल्लागत रुपमा वा निर्वाचन क्षेत्रअनुसार प्राप्त मतको अवस्था हेर्दा कांग्रेसको मत स्थानीय चुनावभन्दा घटेको पाइँदैन। स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुखहरुले प्राप्त गरेको मत र ती स्थानीय तह रहेको अहिलेको निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारहरुले पाएको मत करिब समान छ। थोरै संख्यामा धेरै वा थोरै भए पनि ठूलो अन्तर भने देखिँदैन। 

त्यसैगरी समानुपातिकतर्फ पनि कांग्रेसले उल्लेख्य मत प्राप्त गरेको छ। प्राप्त मतका आधारमा समानुपातिकतर्फ प्रदेश नम्बर ६ मा कांग्रेस दोस्रो स्थानमा रह्यो। पहिलो स्थानमा रहेको एमालेले एक लाख ६९ हजार सात सय ५५ मत प्राप्त गर्दा कांग्रेसले एक लाख ६२ हजार ३ मत प्राप्त गर्यो । मतसंख्यामा पहिलो भएको एमालेभन्दा सात हजार सात सय ५२ मतले पछि परेको कांग्रेसले मतअनुसार प्राप्त हुने सिटमा भने एमालेसँग बराबर गर्‍यो। दुवै दलले समानुपातिकतर्फ यो प्रदेशमा समान ६ सिट प्राप्त गरे। 

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले चार सिट मात्र पायो। यसरी प्राप्त मतको विश्लेषण गर्दा प्रदेश नम्बर ६ बाट कांग्रेसको जनमत गुमेको देखिँदैन। स्थानीय चुनावमा कांग्रेसको जनमत जे थियो, अहिले पनि त्यो घटेको छैन। यद्यपि स्थानीय चुनावमा भन्दा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केही प्रतिशत कम मत खसेकाले सबै दलले प्राप्त गरेको मत अघिल्लो पटकको भन्दा यसपटक केही कम छ। 

Ncell 2
Ncell 2

किन पछि पर्‍यो  कांग्रेस ?

निर्वाचनको सम्मुखमै आएर दुई ठूला दल एमाले र माओवादीबीच चुनावी गठबन्धन भयो। समान तीन पार्टीबीच प्रतिस्पर्धा हुने क्षेत्रमा दुई पार्टी एक ठाउँमा भएपछि अर्को पार्टी नतिजाविहीन हुनु स्वाभाविकै थियो। यद्यपि गठबन्धनभन्दा पछि पर्ने बुझे पनि कांग्रेसले यो स्तरको परिणाम आउने आकलन भने गरेको थिएन। प्राप्त परिणामले कांग्रेसवृत्तमा व्याप्त निराशा प्रस्ट देखिन्छ। 

अहिले कांग्रेसका नेता तथा कार्यकर्ताबीच आरोप–प्रत्यारोप चलिरहेको छ। कतिपयले नेतृत्वको अक्षमताले पराजित हुनुपरेको भनिरहेका छन् भने कतिपयले पार्टीभित्र मौलाएको गुटगत लडाइँ र नेताहरुबीचको आपसी अन्तरद्वन्द्वलाई कारण देखाइरहेका छन्। तर, परिणामको तथ्यगत समीक्षा र विश्लेषण गर्नेतर्फ भने खासै ध्यान पुगेको देखिँदैन। 

प्रदेश नम्बर ६ मा कांग्रेस विगतको भन्दा कमजोर भएको होइन, विगतको भन्दा बलियो हुन नसकेको भने हो। ६ महिनाअघि सम्पन्न स्थानीय तहको चुनाव र अहिलेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसले पाएको मतको विश्लेषणले नै यो पुष्टि गर्छ। एकातर्फ समान शक्ति र जनमत भएका दुई पार्टीबीच गठबन्धन हुनु र अर्कोतर्फ कांग्रेसले थप जनमत आफूतर्फ आकर्षित गर्न नसक्नु नै प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसको हारको प्रमुख कारण हो।

कांग्रेसभित्र अहिले जे जस्ता आरोप–प्रत्यारोप वा घात–प्रतिघातको कुरा उठे पनि चुनावी परिणाममा त्यसको प्रभाव परिणाम नै उल्टाउने गरी भने थिएन। स्थानीय चुनावमा प्राप्त मतकै आधारमा पनि एमाले र माओवादी गठबन्धनले यो चुनाव जित्ने आकलन सहजै गर्न सकिन्थ्यो। चुनावको परिणाम पनि त्यो भन्दा फरक आएन। एमाले र माओवादीका कार्यकर्ता तथा शुभेच्छुकहरुले इमान्दारीपूर्वक गठबन्धनको पक्षमा मतदान गरे, जसले गर्दा कांग्रेसले जित हासिल गर्न सकेन। चुनावको मुखैमा आएर भएको गठबन्धन दिगो नहुने र दुवै पार्टीका सबै कार्यकर्ताले यो गठबन्धनलाई स्वीकार नगर्ने कांग्रेसको आकलन थियो। यसको प्रत्यक्ष फाइदा आफूलाई पुग्ने कांग्रेसको पूर्वानुमानले फेल खायो। 

गठबन्धन गरेका दुवै पार्टीका कार्यकर्ता गठबन्धनप्रति इमान्दार बनिदिए, यस्तै गठबन्धनले प्रमुख एजेन्डाको रुपमा अघि सारेको स्थायित्व र समृद्धिको नाराले कार्यकर्ताभन्दा पर रहेका आम मतदातालाई पनि आकर्षित गर्योथ। जसले कांग्रेसको पराजयमा सघाउ पुर्यानयो। आफ्नै नेतृत्वमा संविधान बनेको र अब त्यसको कार्यान्वयन पनि कांग्रेसले नै गर्न पाउनुपर्ने नारालाई प्राथमिकता दिएर चुनावमा होमिएको कांग्रेसले भने आफ्ना कार्यकर्ताभन्दा थप मतदातालाई आकर्षित गर्न नसक्नु पनि उसको पराजयको अर्को कारण हो।

कांग्रेसलाई आगामी अवसर

निर्वाचनको परिणामले कांग्रेसलाई प्रतिपक्षीको भूमिकामा राखेको छ। वाम गठबन्धनबीच कुनै दरार उत्पन्न नभएमा गठबन्धनकै सरकार बन्नेछ। सम्भवतः अब संघीय सरकार र प्रदेश सरकारमा कांग्रेसको सहभागिता हुनेछैन। तर, स्थानीय सरकारमा भने कांग्रेसको सहभागिता पाँच वर्ष रहनेछ। सोही स्थानीय सरकारमा भएको आफ्नो सहभागितालाई सदुपयोग गर्न सक्नु कांग्रेसको आगामी अवसर हो।

स्थानीय सरकार जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने सबैभन्दा तल्लो र महत्वपूर्ण तह हो। जसबाट जनताको पक्षमा देखिनेगरी थुप्रै काम गर्न सकिन्छ। कांग्रेसले जुन–जुन स्थानीय तहमा जित हात पारेको छ, ती स्थानीय सरकारको गतिविधिलाई जनतासँग जोडेर लैजानु उसका लागि फाइदाजनक हुनेछ। यसले स्थानीय नागरिकलाई कांग्रेससँग जोडेर राख्नेछ। कांग्रेसप्रतिको भरोसा र विश्वास मजबुत बनाउन मद्दत पुग्नेछ। किनभने जुन स्थानीय तहमा जसको नेतृत्व छ, त्यहाँ भएका कामको जस पनि उसैले पाउने पक्का छ।

त्यसैगरी केन्द्रीय र प्रदेश सरकारमा नभए पनि कांग्रेस दुवै तहका सदनमा भने हुनेछ। सदनमा उसले आफ्नो उपस्थितिलाई बलियो बनाउन सक्ने पर्याप्त ठाउँ छ। देश हित र जनताका पक्षमा नीति निर्माण गर्नका लागि आवाज उठाउने, पहल गर्ने काम कांग्रेसका प्रतिनिधिहरुले गर्न सक्छन्। मुलुकमा सरकारको मात्र होइन सदनमा प्रतिपक्षीको भूमिका पनि महत्वपूर्ण हुन्छ। लोकतान्त्रिक अभ्यासमा प्रतिपक्षीको भूमिका अझ विशेष हुने गरेको छ। त्यसैले आगामी निर्वाचनबाट आफूलाई पुनरागमन गराउन कांग्रेसले सदनमा रहेको आफ्नो उपस्थितिलाई अवसरमा बदल्न सक्नेछ।

संघीय र प्रदेश संसदमा जुन संख्यामा भए पनि आफ्नो भएको उपस्थिति र आफूले नेतृत्व गरिरहेको स्थानीय सरकारलाई सदुपयोग गर्न सक्ने हो भने आगामी पाँच वर्षपछि हुने निर्वाचनमा कांग्रेसले आफ्नो नतिजामा सुधार गर्न नसक्ला भन्न सकिँदैन।

प्रकाशित मिति: बुधबार, पुस ५, २०७४  १५:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टेक्सासमा बाढीमा परी कम्तिमा १० जनाको मृत्यु
अनियमितता र भ्रष्टाचारविरुद्ध खाली खुट्टै हिँडेर सुर्खेतबाट काठमाडौँ आइरहेका बोहरा
बागलुङ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
सम्बन्धित सामग्री
टेक्सासमा बाढीमा परी कम्तिमा १० जनाको मृत्यु एजेन्सीका अनुसार, टेक्सासको सान एन्टोनियो शहरमा बिहीबार बिहान परेको भारी वर्षाका कारण सडकहरूमा अचानक बाढी आयो र सवारी साधनहरू सडकबाट... शनिबार, जेठ ३१, २०८२
रुसले फिर्ता गर्यो १२ सय १२ युक्रेनी सैनिकको शव अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसलाई युद्ध शुरु भएको तीन वर्षभन्दा बढी समयपछि भएको सबैभन्दा ठुलो शव फिर्ता प्रक्रिया मध्येको... शनिबार, जेठ ३१, २०८२
इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु इजरायली सेनाले इरानबाट भएको क्षेप्यास्त्र आक्रमण रोक्न आफ्नो रक्षा प्रणाली सक्रिय रहेको जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार आक्रमणम... शनिबार, जेठ ३१, २०८२
ताजा समाचारसबै
टेक्सासमा बाढीमा परी कम्तिमा १० जनाको मृत्यु शनिबार, जेठ ३१, २०८२
अनियमितता र भ्रष्टाचारविरुद्ध खाली खुट्टै हिँडेर सुर्खेतबाट काठमाडौँ आइरहेका बोहरा शनिबार, जेठ ३१, २०८२
प्रभावकारी बन्दै काठमाडौँ महानगरको  ‘एक वडा, एक नमूना’ कार्यक्रम शनिबार, जेठ ३१, २०८२
बागलुङ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या चार पुग्यो शनिबार, जेठ ३१, २०८२
प्रचण्डले भने, ‘भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो छैन’ शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्को विवाद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक शुक्रबार, जेठ ३०, २०८२
एयर इन्डियाको जहाजमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्