• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

प्रदेश ६ मा कमजोर भएको हो कांग्रेस ?

64x64
नेपाल लाइभ बुधबार, पुस ५, २०७४  १५:२३
1140x725

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई आधार मान्ने हो भने प्रदेश नम्बर ६ मा शीर्ष तीन दल नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसको करिब समान हैसियत देखिन्छ। यहाँका ७९ स्थानीय तहमध्ये एमालेले २७ तथा कांग्रेस र माओवादीले समान २५ स्थानीय तहमा जित हात पारेका थिए। दुई वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भए। 

जितेको सिट संख्याको आधारमा मात्र नभई नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षहरुले पाएको मतका आधारमा पनि यो प्रदेशमा तीन दलबीचको मतान्तर खासै धेरै छैन। तीन वटै दलले करिब दुई लाखको आसपासकै संख्यामा मत प्राप्त गरेका थिए। 

तर, स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ महिनापछि भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको परिणामलाई हेर्ने हो भने कांग्रेस यो प्रदेशमा प्रत्यक्षतर्फ नतिजा शून्यको अवस्थामा पुग्यो। प्रदेशसभा सदस्यमा एउटा मात्रै सिट जितेको कांग्रेसले प्रतिनिधिसभातर्फ कुनै पनि क्षेत्रमा जित हात पार्न सकेन। समानुपातिकतर्फको मतका आधारमा पाएको ६ सिट र प्रत्यक्षतर्फ जितेको एक सिटसहित ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका ७ जना मात्रै प्रतिनिधि हुने भएका छन्। 

६ महिनामै कांग्रेस यति कमजोर भएको हो त? कांग्रेसभित्र र बाहिर अहिले यो प्रश्नमाथि चर्चा भइरहेको छ।

गुमेको छैन जनमत 

जितेको सिट संख्याका आधारमा कांग्रेस निकै कमजोर देखिए पनि प्राप्त मतका आधारमा कांग्रेस निराशाजनक अवस्थामा पुगिसकेको भने छैन। जिल्लागत रुपमा वा निर्वाचन क्षेत्रअनुसार प्राप्त मतको अवस्था हेर्दा कांग्रेसको मत स्थानीय चुनावभन्दा घटेको पाइँदैन। स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुखहरुले प्राप्त गरेको मत र ती स्थानीय तह रहेको अहिलेको निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारहरुले पाएको मत करिब समान छ। थोरै संख्यामा धेरै वा थोरै भए पनि ठूलो अन्तर भने देखिँदैन। 

त्यसैगरी समानुपातिकतर्फ पनि कांग्रेसले उल्लेख्य मत प्राप्त गरेको छ। प्राप्त मतका आधारमा समानुपातिकतर्फ प्रदेश नम्बर ६ मा कांग्रेस दोस्रो स्थानमा रह्यो। पहिलो स्थानमा रहेको एमालेले एक लाख ६९ हजार सात सय ५५ मत प्राप्त गर्दा कांग्रेसले एक लाख ६२ हजार ३ मत प्राप्त गर्यो । मतसंख्यामा पहिलो भएको एमालेभन्दा सात हजार सात सय ५२ मतले पछि परेको कांग्रेसले मतअनुसार प्राप्त हुने सिटमा भने एमालेसँग बराबर गर्‍यो। दुवै दलले समानुपातिकतर्फ यो प्रदेशमा समान ६ सिट प्राप्त गरे। 

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले चार सिट मात्र पायो। यसरी प्राप्त मतको विश्लेषण गर्दा प्रदेश नम्बर ६ बाट कांग्रेसको जनमत गुमेको देखिँदैन। स्थानीय चुनावमा कांग्रेसको जनमत जे थियो, अहिले पनि त्यो घटेको छैन। यद्यपि स्थानीय चुनावमा भन्दा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केही प्रतिशत कम मत खसेकाले सबै दलले प्राप्त गरेको मत अघिल्लो पटकको भन्दा यसपटक केही कम छ। 

Ncell 2
Ncell 2
nimb
nimb

किन पछि पर्‍यो  कांग्रेस ?

निर्वाचनको सम्मुखमै आएर दुई ठूला दल एमाले र माओवादीबीच चुनावी गठबन्धन भयो। समान तीन पार्टीबीच प्रतिस्पर्धा हुने क्षेत्रमा दुई पार्टी एक ठाउँमा भएपछि अर्को पार्टी नतिजाविहीन हुनु स्वाभाविकै थियो। यद्यपि गठबन्धनभन्दा पछि पर्ने बुझे पनि कांग्रेसले यो स्तरको परिणाम आउने आकलन भने गरेको थिएन। प्राप्त परिणामले कांग्रेसवृत्तमा व्याप्त निराशा प्रस्ट देखिन्छ। 

अहिले कांग्रेसका नेता तथा कार्यकर्ताबीच आरोप–प्रत्यारोप चलिरहेको छ। कतिपयले नेतृत्वको अक्षमताले पराजित हुनुपरेको भनिरहेका छन् भने कतिपयले पार्टीभित्र मौलाएको गुटगत लडाइँ र नेताहरुबीचको आपसी अन्तरद्वन्द्वलाई कारण देखाइरहेका छन्। तर, परिणामको तथ्यगत समीक्षा र विश्लेषण गर्नेतर्फ भने खासै ध्यान पुगेको देखिँदैन। 

प्रदेश नम्बर ६ मा कांग्रेस विगतको भन्दा कमजोर भएको होइन, विगतको भन्दा बलियो हुन नसकेको भने हो। ६ महिनाअघि सम्पन्न स्थानीय तहको चुनाव र अहिलेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसले पाएको मतको विश्लेषणले नै यो पुष्टि गर्छ। एकातर्फ समान शक्ति र जनमत भएका दुई पार्टीबीच गठबन्धन हुनु र अर्कोतर्फ कांग्रेसले थप जनमत आफूतर्फ आकर्षित गर्न नसक्नु नै प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसको हारको प्रमुख कारण हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेसभित्र अहिले जे जस्ता आरोप–प्रत्यारोप वा घात–प्रतिघातको कुरा उठे पनि चुनावी परिणाममा त्यसको प्रभाव परिणाम नै उल्टाउने गरी भने थिएन। स्थानीय चुनावमा प्राप्त मतकै आधारमा पनि एमाले र माओवादी गठबन्धनले यो चुनाव जित्ने आकलन सहजै गर्न सकिन्थ्यो। चुनावको परिणाम पनि त्यो भन्दा फरक आएन। एमाले र माओवादीका कार्यकर्ता तथा शुभेच्छुकहरुले इमान्दारीपूर्वक गठबन्धनको पक्षमा मतदान गरे, जसले गर्दा कांग्रेसले जित हासिल गर्न सकेन। चुनावको मुखैमा आएर भएको गठबन्धन दिगो नहुने र दुवै पार्टीका सबै कार्यकर्ताले यो गठबन्धनलाई स्वीकार नगर्ने कांग्रेसको आकलन थियो। यसको प्रत्यक्ष फाइदा आफूलाई पुग्ने कांग्रेसको पूर्वानुमानले फेल खायो। 

गठबन्धन गरेका दुवै पार्टीका कार्यकर्ता गठबन्धनप्रति इमान्दार बनिदिए, यस्तै गठबन्धनले प्रमुख एजेन्डाको रुपमा अघि सारेको स्थायित्व र समृद्धिको नाराले कार्यकर्ताभन्दा पर रहेका आम मतदातालाई पनि आकर्षित गर्योथ। जसले कांग्रेसको पराजयमा सघाउ पुर्यानयो। आफ्नै नेतृत्वमा संविधान बनेको र अब त्यसको कार्यान्वयन पनि कांग्रेसले नै गर्न पाउनुपर्ने नारालाई प्राथमिकता दिएर चुनावमा होमिएको कांग्रेसले भने आफ्ना कार्यकर्ताभन्दा थप मतदातालाई आकर्षित गर्न नसक्नु पनि उसको पराजयको अर्को कारण हो।

कांग्रेसलाई आगामी अवसर

निर्वाचनको परिणामले कांग्रेसलाई प्रतिपक्षीको भूमिकामा राखेको छ। वाम गठबन्धनबीच कुनै दरार उत्पन्न नभएमा गठबन्धनकै सरकार बन्नेछ। सम्भवतः अब संघीय सरकार र प्रदेश सरकारमा कांग्रेसको सहभागिता हुनेछैन। तर, स्थानीय सरकारमा भने कांग्रेसको सहभागिता पाँच वर्ष रहनेछ। सोही स्थानीय सरकारमा भएको आफ्नो सहभागितालाई सदुपयोग गर्न सक्नु कांग्रेसको आगामी अवसर हो।

स्थानीय सरकार जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने सबैभन्दा तल्लो र महत्वपूर्ण तह हो। जसबाट जनताको पक्षमा देखिनेगरी थुप्रै काम गर्न सकिन्छ। कांग्रेसले जुन–जुन स्थानीय तहमा जित हात पारेको छ, ती स्थानीय सरकारको गतिविधिलाई जनतासँग जोडेर लैजानु उसका लागि फाइदाजनक हुनेछ। यसले स्थानीय नागरिकलाई कांग्रेससँग जोडेर राख्नेछ। कांग्रेसप्रतिको भरोसा र विश्वास मजबुत बनाउन मद्दत पुग्नेछ। किनभने जुन स्थानीय तहमा जसको नेतृत्व छ, त्यहाँ भएका कामको जस पनि उसैले पाउने पक्का छ।

त्यसैगरी केन्द्रीय र प्रदेश सरकारमा नभए पनि कांग्रेस दुवै तहका सदनमा भने हुनेछ। सदनमा उसले आफ्नो उपस्थितिलाई बलियो बनाउन सक्ने पर्याप्त ठाउँ छ। देश हित र जनताका पक्षमा नीति निर्माण गर्नका लागि आवाज उठाउने, पहल गर्ने काम कांग्रेसका प्रतिनिधिहरुले गर्न सक्छन्। मुलुकमा सरकारको मात्र होइन सदनमा प्रतिपक्षीको भूमिका पनि महत्वपूर्ण हुन्छ। लोकतान्त्रिक अभ्यासमा प्रतिपक्षीको भूमिका अझ विशेष हुने गरेको छ। त्यसैले आगामी निर्वाचनबाट आफूलाई पुनरागमन गराउन कांग्रेसले सदनमा रहेको आफ्नो उपस्थितिलाई अवसरमा बदल्न सक्नेछ।

संघीय र प्रदेश संसदमा जुन संख्यामा भए पनि आफ्नो भएको उपस्थिति र आफूले नेतृत्व गरिरहेको स्थानीय सरकारलाई सदुपयोग गर्न सक्ने हो भने आगामी पाँच वर्षपछि हुने निर्वाचनमा कांग्रेसले आफ्नो नतिजामा सुधार गर्न नसक्ला भन्न सकिँदैन।

प्रकाशित मिति: बुधबार, पुस ५, २०७४  १५:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्