• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपालको अबको सङ्घर्ष गरिबी, अविकसितता, असमानता, अशिक्षा र पछौटेपनसँग : प्रम ओली

64x64
नेपाल लाइभ बुधबार, जेठ २९, २०७६  ०६:३५
1140x725

लन्डन- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताले नै प्रजातान्त्रिक मतको नेतृत्व गर्नुपर्ने, नेताले उनीहरुको कुरा सुन्नुपर्ने र प्रजातन्त्रको प्रतिरक्षा जनताको मस्तिष्कमा उनीहरुको मूल्य र जीवनमा निर्माण गर्नुपर्ने’ बताएका छन्।

अक्सफोर्ड युनियनमा ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयमा आफ्नो विचार राख्दै प्रधानमन्त्री ओलीले वर्तमान विश्वले प्रजातन्त्रप्रति विश्वास गुमाएको जस्तो, प्रजातन्त्रले समानता, न्याय, रोजगारी, स्वतन्त्रता तथा ठोस नतिजा दिन नसकेको जस्तो र प्रजातन्त्र औपचारिकता, भाषणमा सीमित भए जस्तो देखिए पनि प्रजातान्त्रिक सरकार जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्ने र जनताको आधारभूत आवश्यकता सुनिश्चित हुनुपर्ने बताए।

कोही पनि भोको नरहने तथा कोही पनि भोकबाट नमर्ने अवस्था बनाउनुपर्नेमा उनले जोड दिए। ‘बाँच्न पाउने अधिकार अन्य सबै मानवअधिकारभन्दा ठूलो अधिकार हो,' उनले भने।

प्रधानमन्त्री ओलीले ज्ञानको सिर्जना तथा वितरण गरेर अक्सफोर्ड विश्वविद्यालयले विश्वको शिक्षामा गरेको योगदान अतुलनीय भएको बताए। उनले भने, ‘पाँच दशकसम्म प्रजातान्त्रिक अधिकारका लागि सङ्घर्षमा बिताएको, चौध वर्षसम्म कठोर कारागार भोगेको र चार वर्षसम्म कारागारको एकल कोठरीमा बिताएको आफूलाई शिक्षासम्म पहुँच तथा स्वतन्त्रताको महत्व राम्रोसँग थाहा छ।’

प्रधानमन्त्री ओलीले वर्तमान विश्वको चरित्र आशा र पीडा, उपलब्धि र असफलता तथा सम्भावना र समस्या सबैबाट उल्लेख गर्न सकिने बताउँदै विश्वले जतिसुकै समृद्धि हासिल गरे पनि गरीबी, असमानता, द्वन्द्व, जलवायु परिवर्तन र आतङ्कवादबाट मुक्ति नपाएको तर्फ ध्यानाकर्षण गराए। उनले विश्वका सबैभन्दा ठूला अर्थतन्त्रबीचको द्वन्द्वले बहुपक्षीय व्यापार प्रणालीमा प्रश्न उठाएकोतर्फ पनि सङ्केत गरे।

‘शान्ति, प्रजातन्त्र, तथा विकास एकापसमा जोडिएका कुरा हुन्। प्रजातन्त्र तथा विकास शान्तिमा निर्भर छ, विकास नभए शान्ति हुँदैन र प्रजातान्त्रिक प्रणालीले मात्र विकासको मार्ग खोल्न सक्छ। शान्ति युद्धको अभावभन्दा बढी कुरा हो, यो विचार, अवस्था, संस्कृति तथा समाज र मुलुकको मार्ग हो। सिर्जना र खोजजस्तै द्वन्द्व तथा हिंसा पनि मानव मस्तिष्कमा रहन्छ। अज्ञान, लोभ र असहिष्णुपनाले यसको जरालाई मल दिन्छ। यसैले शान्तिको जग मानव मस्तिष्कमा नै बनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।

राजनीतिमा स्वतन्त्रता र जिम्मेवारीबीच सन्तुलन कायम गर्नुपर्ने, आर्थिकस्तरमा गरीबी, असमानता तथा पछौटेपना हट्नुपर्ने, सामाजिकस्तरमा समावेशीपना र न्याय हुनुपर्ने, प्राविधिकस्तरमा विध्वंसात्मक प्रविधि जनतालाई बलियो बनाउन उपयोग हुनुपर्नेमा उनले जोड दिए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री ओलीले विश्वव्यापी पर्यावरण अप्रजातान्त्रिक भए प्रजातन्त्र मुलुकको सीमामा दिगो हुन नसक्ने र दिगो विकासका लक्ष्य प्राप्तिले समग्र प्रजातन्त्रलाई अभ्यासमा ल्याउन सक्ने तथा प्रजातन्त्रमा समान अधिकार, समान अवसर, समान सुरक्षा तथा समान सम्मान हुनु आवश्यक रहेको बताउँदै भने, ‘मानव र यो पृथ्वीको सुरक्षा कसरी सुनिश्चित गर्ने र यसलाई भविष्यको पुस्तामा कसरी हस्तान्तरण गर्ने भन्ने नै सबैभन्दा ठूलो चुनौती हो।’

प्रधानमन्त्री ओलीले नेपालले सन् १९५१ (विसं२००७–८), १९९०(विसं २०४६) र २००६(विसं २०६२।६३) मा प्रमुख राजनीतिक परिवर्तन भोगेको, सन् १९५० (विसं २००७) मा जनताको आन्दोलनले राणाशासन फ्याँकिएको, सन् १९९० मा राजतन्त्र संवैधानिक भएको र सन् २००६ को आन्दोलनबाट राजतन्त्र फ्याँकिएको उल्लेख गर्दै सन् २००८ देखि २०१५ (विसं २०६५–२०७२) सम्म नयाँ संविधानको प्रकृति क्षेत्र तथा विषयवस्तुमा छलफल भएको र सन् २०१५ को सेप्टेम्बर (विसं २०७२ असोज ३)मा संविधानसभाबाट नयाँ संविधान घोषणा भएको जानकारी दिए।

उनले राजनीतिक बहुलवाद, आवधिक निर्वाचन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, मौलिक स्वतन्त्रता, मानवाधिकार, कानुनी राज्य, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरण, नियन्त्रण तथा सन्तुलन, जनताको सार्वभौमसत्ता संविधानको मूल प्रकृति रहेको उल्लेख गर्दै भने, ‘संविधानले महिलालाई सङ्घीय संसद्‌मा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व दिएको छ र अल्पसङ्ख्यक समुदायले पनि प्रतिनिधित्व प्राप्त गरेका छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘सन् २०१७ (विसं २०७४) को आमनिर्वाचनले नेपाल कम्युनिष्ट पार्टीलाई बलियो र स्थिर सरकारको नेतृत्व दिएको छ। नेपालको सङ्घीय प्रणालीले ७ सय ५३ स्थानीय, ७ प्रादेशिक तथा केन्द्रीय(सङ्घीय) सरकार दिएको छ। नेपाल शान्ति, स्थिर र समृद्धिको मार्गमा रहेको छ। नेपालको अबको सङ्घर्ष गरिबी, अविकसितता, असमानता, अशिक्षा र पछौटेपनसँग हो,' प्रधानमन्त्री ओलीले भने। 

उनले नेपालीको दिगो आकाङ्क्षा ‘समृद्ध नेपाल तथा सुखी नेपाली’ भएको र सन् २०३०(विसं २०८७) सम्म दिगो विकासको लक्ष्य प्राप्त गरी नेपाल मध्यम आययुक्त मुलुक बन्न चाहेको बताए। ‘नेपाली विकासको नमूनामा सबैका लागि खाद्य सुरक्षा, आवास, लुगा, शिक्षा, स्वास्थ्य तथा सुरक्षा परेका छन्। सर्वजन हिताय सर्वजन सुखाय नेपालीको प्रयासका प्रमुख विषय बनेका छन्,' प्रधानमन्त्री ओलीले भने। रासस

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्