वीरगन्ज– पर्साको वीरगन्जस्थित सुपर ग्यास उद्योगमा लागेको आगो चार घन्टासम्म पनि नियन्त्रणमा आएको छैन। ग्यास उद्योग विस्फोट हुन सक्ने भएकाले आगो निभाउन प्रयास समेत हुन सकेको छैन।
बिहान साढे ग्यास लिक भएर आगलागी भएको थियो। आगो निभाउन गएका दमकलका दुई कर्मचारी बेपत्ता भएका छन्। ग्यास बुलेट बलिरहेकाले आफूहरु आगो निभाउन जान सक्ने अवस्थामा नरहेको पर्साका एसपी डा.गणेश रेग्मीले बताए। पानी हालेर आगो निभ्ने अवस्था नभएकाले प्रहरी घटनास्थलको सुरक्षामा मात्र खटिएको छ।
ग्यास उद्योग वरिपरिको क्षेत्रलाई सुरक्षित गराएको प्रहरीले जनाएको छ।
घटनास्थलमा बारा र रौतहटका जिल्लाका प्रहरी समेत खटिएका छन्। अग्निनियन्त्रणमा दक्ष दुई भारतीय प्रहरीलाई समेत दमकलसहित बोलाइएको छ। इन्डियन आयल कर्पाेरेशनमा काम गर्न अग्निनियन्त्रकलाई पर्सा प्रहरीले बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।