वीरगन्ज- पर्साको वीरगञ्ज महानगरपालिका- २२ स्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी हुँदा दुई जनाको ज्यान गएको छ। केही कामदार घाइते भएका छन्।
बिहानदेखि ग्यास भण्डारणको ट्याङकीबाट ग्यास लिक भई आगलागी सुरु भएको हो। आगो नियन्त्रणका लागि प्रयोग भएको दमकल पनि जलेपछि आगो नियन्त्रणमा कठिनाइ भएको छ। उद्योगमा आगो लागेपछि ठूलो आवाजमा ग्यास सिलिन्डर पड्किएको आवाज आएको थियो।
अहिले पनि आगो नियन्त्रणमा आएको छैन। आगो नियन्त्रणमा लागि बारा र रौतहटबाट प्रहरी टोली घटनास्थल पुगेको पर्साका प्रहरी इन्चार्ज एसपी गणेश रेग्मीले बताए। घटनामा दमकलका दुई कर्मचारी अझै सम्पर्कविहीन भएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।