काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले मंगलबार राती १२ बजेपछि लागू हुने गरि इन्धनको भाउ बढाएको हो।
निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपालमा पनि बढाउनु परेको जनाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एक एक रुपैयाँ मूल्य बढाएको हो । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत् राखेको छ ।
नयाँ मूल्य अनुसार अब पट्रोलको मूल्य प्रतिलिटर १ सय १, डिजेल ७८ र मट्टितेल ७८ रुपैयाँ पुगेको छ। निगमका अनुसार नयाँ मूल्य सुचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ६७ पैसा र मटितेलमा १५ रुपैयाँ २७ पैसा र डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।