• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारले चाहे भ्रष्टाचारी र कालोसूचीका व्यवसायीलाई पनि ठेक्का

सार्वजनिक खरिद नियमावली संशोधन
64x64
नेपाल लाइभ सोमबार, जेठ २७, २०७६  १९:५८
1140x725

मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर


काठमाडौं- सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरी गुपचुप रुपमै राजपत्रमा प्रकाशित गरेको छ। अघिल्लो हप्ताको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सार्वजनिक खरीद नियमावली २०६४ सातौं पटक संशोधन गरी सरकारले चाहेको अवस्थामा भ्रष्टाचार प्रमाणित भएका र कालोसूचीमा परेका ठेकदारालाई पनि ठेक्का दिन सक्ने गरी पारित गरेको छ। सो नियमावली जेठ २२ गतेको राजपत्रमा प्रकाशित भइसकेको छ। 

नियमावलीको मस्यौदामा रहेका प्रावधान शतप्रतिशत उल्ट्याउँदै कालोसूचीमा परेका, भष्ट्राचार गरेको प्रमाणित भएका तथा आयोजनाका काम समयमा सम्पन्न नगर्ने ठेकेदारले काम पाउने गरी नियमावली संशोधन भएको हो। 

सरकारले सार्वजनिक खरिद नियमावलीको मस्यौदा तयार गर्दा आयोजनाको ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी म्याद थप गर्न नपाउने व्यवस्था राखेको थियो। मस्यौदामा ‘तोकिएको समय र थप गरिएको ५० प्रतिशतको समयमा पनि आयोजना सम्पन्न नगर्ने ठेकेदार कम्पनी सोझै कालोसूचीमा जाने र त्यस्ता कम्पनीले नयाँ प्रक्रियामा सहभागी हुन नपाउने,’ भन्ने व्यवस्था गरिएको थियो। 

तर निर्माण व्यवसायीले मुलुकभर १ हजार ८ सयभन्दा बढी आयोजनाको कामका लागि ५० प्रतिशत म्याद थप भइसकेकाले ती सबै कालोसूचीमा जाने र ठेक्का तोडिने अवस्था सृजना भएको भन्दै सरकारलाई उक्त व्यवस्था नराख्न दबाब दिँदै आएका थिए।

ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने प्रवृत्ति बढेको भन्दै आयोजना सम्पन्न गर्ने अवधि नथप्ने गरी नियमावलीको मस्यौदा तयार पारिए पनि राजपत्रमा प्रकाशित हुँदा भने सम्बन्धित मन्त्रालयले १ वर्षसम्म म्याद थप गर्न सक्ने प्रावधान पनि थप भएको छ। 

सरकारले नियमावलीमा संशोधन गर्दै ‘शुरु सम्झौताको ५० प्रतिशत वा सोभन्दा बढी म्याद थप भइसकेको र त्यसरी म्याद थप भएको अवधिमा समेत सम्झौता बमोजिमको कार्य सम्पन्न हुन नसके सम्झौता बमोजिमको कार्यप्रगति र बाँकी कार्यको विश्लेषण गरी म्याद थप गर्दा सम्झौता बमोजिम कार्य सम्पन्न हुन सक्ने देखिएमा सो उपनियम प्रारम्भ भएपछि बढीमा एक वर्षका लागि सम्बन्धित मन्त्रालय वा निकायको सचिवले म्याद थप गर्न सक्नेछ,’ भनी उल्लेख छ। 

तर मस्यौदामा भने सम्झौता सुरु भएपछि ५० प्रतिशत वो सो भन्दा बढी म्याद थप भईसकेको अवस्थामा पनि काम नसकेमा ठेक्का तोडिने प्रावधान राखिएको थियो। निर्माण व्यवसायीहरुले सबैभन्दा धेरै विरोध यही विषयमा गर्दै आएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

निर्माण व्यवसायीले त्यसको विरोध जनाउँदै उक्त प्रावधान नसच्चाईए विकास निर्माणका सबै काम रोक्ने भन्दै सरकारलाई चेतावनीसमेत दिएका थिए। 

नियमावलीले कालोसूचीमा परेका र भष्ट्राचार आरोप लागेका निर्माण व्यवसायीलाई अरु आयोजनाको जिम्मा दिने/नदिने विषय सरकारले छुट्याउने व्यवस्था गर्दै त्यस्ता व्यवसायीलाई थप हौसला दिएको छ। यो सँगै सरकारले चाहे जस्तोसुकै भ्रष्टाचारमा कसुर ठहरिए पनि निर्माण व्यवसायीले ठेक्का प्राप्त गर्न कुनै समस्या नहुने भएको छ। 
 
मूल नियमावलीको नियम ६५ ‘क’ संशोधन गर्दै सरकारले मूल्याङ्कन सम्बन्धी विशेष व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार ‘आयोजना अध्ययन गर्ने तथा निर्माण गर्ने व्यवसायी उपर भष्ट्राचारको कसुरमा मुद्दा दायर भए/नभएका सम्बन्धमा एकिन गरी त्यस्तो मुद्दा दायर भएको देखिएमा सम्बन्धित निकायमा नेपाल सरकारलाई लेखी पठाउनु पर्नेछ,’ भनी उल्लेख छ। 

सम्बन्धित निकायले यसरी सरकारलाई लेखी पठाएपछि त्यस्ता ठेकेदार कम्पनीलाई आयोजनाको काम दिने वा नदिने भन्ने छुट्याउने काम भने सरकारले गर्नेछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मूल्यांकन समितिले प्रस्ताव मूल्याङ्कन गर्ने क्रममा ठेकेदार कम्पनी भष्ट्राचार कसुरमा मुद्दा खेपेको भेटिएपछि त्यसको जानकारी सरकारलाई गराउनुपर्नेछ भने त्यस्ता ठेकेदारलाई मूल्याङ्कन प्रकृयामा राख्न/नराख्ने वा काम गर्न दिने/नदिने भनेर छुट्याउने काम सरकारको भएको छ। 
 

प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  १९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्