पोखरा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी जनताको संस्था हुँदाहुँदै पनि पनि चर्को ब्याज लगाएको गुनासो गरेकी छन्।
सहकारी विभागले पोखरामा गरेको प्रदेश तथा स्थानीय तहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रवर्द्धन कार्यशालामा मन्त्री अर्यालले सरकारीले चर्को व्याज लगाएको भन्दै सहकारीहरू प्रति असन्तुष्ट व्यक्त गरिन्।
उनले भनिन्, ‘जनताको सिधा पहुँच रहेका सहकारीले चर्को ब्याज लिन हुँदैन।’
सदस्यले धान्न नसक्ने ब्याजदरको भार सर्वसाधारणलाई थोपर्न नहुने उनको सहकारीलाई सुझाव थियो। ‘सहकारीमा अधिकांश न्यून आय भएका सेयर सदस्य रहेका छन्। सेयर सदस्यले धान्न नसक्ने ब्याजदर निर्धारण गर्नु भएन,' मन्त्री अर्यालले भनिन्।
ग्रामीण तथा विपन्न वर्गको पहुँच पुर्याउने गरी कार्यक्षेत्र विस्तार गर्न सहकारीहरूलाई मन्त्री अर्यालले सुझाव समेत दिइन्।
स्थानीय समुदाय र महिलाको उद्यमशीलताको विकासमा ध्यान दिन मन्त्री अर्यालले सहकारीहरूलाई आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।