फाइल तस्बिर।
काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा दलितलगायत सामाजिक आर्थिक रुपमा पिछडिएका समुदायका लागि न्यून कार्यक्रमहरु ल्याएका विषयमा सत्यता नभएको बताएका छन्।
आगामी आर्थिक वर्ष २०७६/७७को बजेटका विषयमा संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले दलितलगायत सामाजिक आर्थिक रुपमा पिछडिएका वर्गहरुको हितलाई ध्यानमा राख्दै बजेट विनियोजन भएको बताएका हुन्।
'दलितलाई समेटेर कुनै कार्यक्रम आएनन् भन्ने धेरै प्रश्न आएका छन्। तर, त्यस्तो होइन त्यस विषयलाई नै आधार मानेर अत्यन्त धेरै कार्यक्रम बजेटमा आएका छन्', खतिवडाले भने, 'लक्षित वर्गमा बजेट पुगेन कि भनेर केही माननीयहरुले प्रश्न उठाउनुभएको छ। समाजमा सबैभन्दा पछि परेको वर्गलाई सबैभन्दा पहिले औसतमा ल्याउनुपर्छ भनेर भन्दै आएका छौं। पछाडि परेका वर्ग, समुदाय, क्षेत्रलाई नै प्राथमिकतामा राखेर बजेट ल्याइएको छ।'
उनले केही जाति तथा समुदयको नाम नै उच्चारण गर्दै ती शब्दहरु यसअघि हुन बजेटमा उल्लेख भएको थियो भन्दै प्रश्न गरे। 'अन्यन्त धेरै कार्यक्रमहरु दलितको सन्दर्भमा आएका छन्। यहाँ केही माननीयज्यूहरुले दलितको कुरा उठाउनुभयो। मुसहरको कुरा उठाउनुभयो। म स्मरण गराउन चाहन्छु– झाङ, झागर, दुसात, डुम, चमार, वादी, मुसहरजस्ता शब्दहरु सबैभन्दा पहिले कुन बजेटमा कहिले लेखिएका थिए? २०५१ सालको मनमोहन अधिकारीको सरकारको बजेटमा त्यस्ता समुदायहरुका कुरालाई सम्बोधन भएको थियो। त्यो लिगेसी भएको पार्टीको अर्थमन्त्री हुँ म। मैले बिर्सिने कुरै आउँदैन।'
यो पनि:
बजेटमा अल्मलिने प्रश्नै छैन, स्पष्ट दिशा छ : अर्थमन्त्री खतिवडा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।