जाजरकोट– पुस १२ खि दोस्रो जाजरकोट महोत्सव एवं कृषि पर्यटन तथा व्यापार मेला लाग्ने भएको छ।
सदरमुकाम खलंगास्थित त्रिभुवन माविको प्रांगणमा ‘कला, संस्कृति, पर्यटन, कृषि उत्पादन र औद्योगीकरण हाम्रो अभियान–आत्मनिर्भर स्वाभिमानी र समुन्नत जाजरकोटको निर्माण’ भन्ने नाराका साथ ५ दिने महोत्सव हुने भएको हो। उद्योग वाणिज्य संघ जाजरकोटले महोत्सवको आयोजना गरेको हो।
महोत्सवले जिल्लाका पर्यटकीय र औद्योगिक तथा व्यापारिक महत्वका विषय र क्षेत्रको प्रचारप्रसार गर्न सहयोग पुग्ने उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए।
महोत्सवका आकर्षणका रुपमा लोपोन्मुख तथा पौराणिक पहिचान झल्काउने झाँकी, स्थानीय बाजागाजा तथा संस्कृति एवं लोकनृत्य रहनेछन्। मेलामा जिल्लामा पाइने बहुमूल्य पत्थर, जडीबुटी, फलफूल, गाभा, सरु तथा छेडागाडका माछा, राडीपाखी र घरेलु उत्पादन बिक्रीका लागि राखिनेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।