काठमाडौं– नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ। बुधबार राती १२ बजेदेखि लागू हुने गरी मूल्य समयोजन गरिएको निगमले जानकारी दिएको छ।
पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ समायोजन गरिएको हो। यो सँगै पेट्रोलको मूल्य १ रुपयाँ कम भएर प्रतिलिटर १ सय १० रुपैयाँ कायम भएको छ।
डिजेल तथा मट्टितेलको मूल्य भने यथावत् रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।