काठमाडौँ- चौतारी लघुवित्त र आरम्भ लघुवित्त संस्था एक आपसमा गाभिने भएका छन्।
बुधबार काठमाडौँमा एक कार्यक्रममका बीच दुवै वित्तीइ संस्थाका अध्यक्षहरुले एक आपसमा गाभिने सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
कार्यक्रममा चौतारीका तर्फबाट अध्यक्ष जगत बहादुर पोखरेल र आरम्भका तर्फबाट अध्यक्ष दीपक तिवारीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
दुवै संस्था गाभिएपछि नयाँ संस्थाको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था हुने भएको छ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारीको चुक्ता पुँजी १८ करोड ६० लाख रहेको छ भने आरम्भको चुक्ता पुँजी ६ करोड छ।
आरम्भ लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ।
दुवै संस्था एक आपसमा गाभिएपछि कुल चुक्ता पुँजी २४ करोड ६० लाख हुने भएको छ।
गाभिएका दुवै संस्थाको आगामी ३ महिना भित्र दुवै वित्तीय संस्थाको संयुक्त कारोबार संचालनमा आउने छ।
गाभिएपछि ३० जिल्लामा रहेका ७७ शाखाले काम गर्ने भएका छन्।
दुवै संस्था गाभिए पछि केन्द्रीय कार्यालय बनेपामा रहने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।