काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले इटहरीका मेयर द्वारिकलाल चौधरीलाई आत्मआलोचना गर्न सुझाव दिएका छन्।
चौधरीले पत्रकारले दिएको घटना अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्थायी समिति सदस्यद्वय शंकर पोखरेल र योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत आत्माआलोचना गर्न चौधरीलाई आग्रह गरेका छन्।
पोखरेल र भट्टराईले इटहरीका मेयर चौधरी हक्की स्वभाव, प्रस्ट वक्ता भएको समेत उल्लेख गरेका छन्। प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले ‘जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मआलोचना गर्नु उचित हुने’ सुझाव दिएका छन्। पार्टीको मान्यताका बारेमा चौधरीको बुझाइहरु पूर्णतः त्रुटिपूर्ण रहेको पोखरेलले उल्लेख गरेका छन्।

अर्का नेता भट्टराईले केही दिनयता चौधरीले पत्रकार र अन्य कतिपय व्यक्तिहरुका बारेमा सार्वजनिक भएका अभिव्यक्ति पदीय जिम्मेवारी अनुरुप नभएको उल्लेख गरेका छन्।
सार्वजनिक पद, पार्टी र स्वयम् व्यक्तिको राजनीतिक उचाइका लागि चौधरीको अभिव्यक्ति नसुहाउने उनको भट्टराईको भनाइ छ। उनी लेख्छन्, ‘आफ्ना भनाइप्रति सार्वजनिक रुपमा आत्मलोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर चौधरीलाई म विनम्र अनुरोध गर्दछु।
यो पनि-
ढोका थुनेर मेयरले कुटे कर्मचारी, भ्रष्टलाई ठेगान लगाउन कुटेको हुँ : मेयर
इटहरीका मेयरले किन कुटे कर्मचारी, किन झपारे पत्रकार? [भिडियो]
कर्मचारी कुटेका इटहरीका मेयरद्वारा पत्रकारमाथि दुर्व्यवहार
पत्रकारलाई इटहरीका मेयरको धम्की– तेरो नाकको हड्डी भाँच्न बाँकी छ [अडियो]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।