काठमाडौं– पहिलो खेलमा फराकिलो अन्तरको हार बेहोरेको श्रीलंका दोस्रो खेलमा आफ्नो प्रदर्शन सुधार गर्न चाहान्छ। पहिलो खेलमा श्रीलंकालाई न्युजिल्यान्डले १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। मंगलबार 'डर्क हर्स' को छवि बनाएको अफगानिस्तानसँग भिड्दा श्रीलंकाका लागि सहज हुनेछैन। खेल दिउँसो सवा ३ बजे कार्डिफमा हुँदैछ।
पहिलो खेलमा कप्तान दिमुख करुणारत्नेलाई अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्। करुणारत्नले नटआउट ५२ रन बनाएको खेलमा अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए। १३६ रनमै समेटिएको श्रीलंकाका बलर पनि विकेट निकलान सकेनन्। श्रीलंकर बलरसामु खुलेर ब्याटिङ गरेको न्युजिल्यान्डको ओपनिङ जोडीले १६ ओभरमै लक्ष्य पार गरेको थियो।
अफगानिस्तानले पहिलो खेलमा अस्ट्रेलियासँग हार बेहोरेको थियो। अस्ट्रेलियासँग डटेर खेलेको अफगानिस्तानलाई श्रीलंकाविरुद्ध खेल्न गाह्रो हुने देखिन्न। किनकी अफगानिस्तानले वर्मअप खेलमा पाकिस्तानलाई हराएर पुराना क्रिकेट शक्तिविरुद्ध जित निकाल्न सक्ने सन्देश दिइसकेको छ। मध्यक्रमको ब्याटिङमा अफगानिस्तान बलियो देखिएको छ। कप्तान गुल्बादिन नइबसँगै टप अर्डरका ब्याट्सम्यानले अफगानिस्तानको इनिङ मजबुत पार्न सक्ने क्षमता राख्छन्। बलिङमा हमिद हसनले अस्ट्रेलियाविरुद्ध राम्रो बलिङ गरेका थिए। मंगलबार कार्डिफ पनि उनी श्रीलंकाका लागि खतरा सावित हुन सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।