काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज नेस्पेमा सोमबार पनि दोहोरो अंकले गिरावट आएसँगै परिसुचक १ हजार २ सय ९२ दशमलव ८४ बिन्दुमा झरेको छ।
साताको पहिलो दिन आईतबार नेप्सेमा १३ अंकले गिरावट आएको थियो।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले धितोपत्र कारोबारको लाभमा लाग्ने पूँजीगत लाभकरमा गरेको हेरफेर र दोश्रो बजारका सबै कारोबार विद्युतीय प्रणालीबाट गरिनुपर्ने लगायतका व्यवस्थाका कारण पूँजीबजारका लगानीकर्ता हौसिएका थिए। बजेट भाषणको भोलिपल्ट परिसुचक सँगै कारोबार रकममा पनि ठूलो वृद्धि देखिएको थियो।
तर पूँजीबजारको वृद्धिदर यस हप्ता भने कायम रहन सकेन। सोमबार नेप्से परिसुचकसँगै कारोबार रकम पनि घटेको छ।
कुल १ सय ७१ वटा कप्पनीको २१ लाख ७६ हजार ३ सय ७० कित्ता सेयर ८ हजार ४ सय ४७ पटक खरिदबिक्री हुँदा जम्मा ६९ करोड ८७ लाख ३९ हजार ७ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा सबै समुहको उपसुचक रातो देखिएको छ। सबैभन्दा बढी निर्जीवन बीमा समुहको उपसुचक ६४ दशलमव ६४ अंकले घटेको छ।
आजको कारोबारमा सभैभन्दा धेरै एनआईसी एसिया बैंकको ९ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सबैभन्दा धेरै कमाउनेमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले प्रतिकित्ता ७ दशलमलव ५ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ५२ प्रतिशतले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।