काठमाडौं- तत्कालीन तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायमाथि आइतबार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
उपाध्यायको शैक्षिक प्रमाणपत्र नक्कली रहेको र न्यायसम्पादनमा कैफियत देखिएको भन्दै न्यायपरिषदले मुद्दा दर्ता गरेको हो।
उजुरीमाथि छानबिन चलिरहेकै बेला न्यायाधीश उपाध्यायले २ जेठमा राजीनामा दिएका थिए। उजुरीपछि उनलाई कारबाहीस्वरूप न्यायपरिषद् तानिएको थियो।
नक्कली शैक्षिक प्रमाणपत्रसँगै भारतीय नागरिकले वंशजका आधारमा नागरिकता लिएको मुद्दामा कम सजाय दिएकोबारे पनि उनीमाथि उजुरी परेको थियो।
नेपालको इतिहासमा विशेष अदालतमा न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलोपटक हो।
यो पनि:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।