काठमाडौँ- सञ्चालनमा रहेको देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुला जहाज पार्किङ गर्न मिल्ने रिमोट एयरक्राफ्ट जहाज ‘पार्किङ वे’को निर्माण सम्पन्न भएको छ।
निर्माण सम्पन्न भएको पार्किङ वे बुधबारदेखि सञ्चालनमा आउने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
बढ्दो हवाई पार्किङ समस्या समाधानका लागि विमानस्थलले दुई ठाउँमा चारवटा साना तथा ठुला जहाज राख्न मिल्ने गरी ‘पार्किङ वे’ निर्माणको काम झन्डै दुई वर्षअघि सुरु गरेको थियो।
जसमा पहिलो चरणमा पूर्वतर्फको पार्किङ वे निर्माणको काम सकिएको क्षेत्रीले बताए। यो पार्किङ वे निर्माणमा झन्डै आधा अर्ब खर्च भएको उनको भनाइ छ।
यसैगरी, विमानस्थलको नागगरिक उड्डयन तालिम केन्द्रको भवन रहेको ठाउँमा पनि दुईवटा ठूला जहाज पार्किङ वे निर्माणको काम भइरहेको छ।
अहिले विमानस्थलमा रहेका ९ वटा पार्किङ वेमा मात्रै जहाज पार्किङ गर्न सक्ने अवस्था छ। पार्किङ वे अभावकै कारण जहाज उडान तथा अवतरणमा समेत डिलेको समस्या विमानस्थल कार्यालयले भोग्दै आएको थियो।
नयाँ पार्किङ वे सञ्चालनमा आएसँगै जहाज होल्डको समय पनि कम पनि क्षेत्री बताउँछन्।
अहिले तयार भएको पार्किङ वेमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिने क्षेत्रीको भनाइ छ।
त्रिभुवन विमानस्थलमा अब अन्तर्रा्ष्ट्रिय पार्किङ वे संख्या ११ पुगेको छ। अहिले संचालनमा रहेका ९ वटामध्ये ३ वटामा वाइडबडी जहाज पार्क गर्न मिल्छ भने ६ वटा वेमा न्यारोबडी जहाज राख्न मिल्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।