जनकपुर- प्रदेश २ सरकारले आज (आइतबार) आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।
दिउँसो १ बजेका लागस तय भएको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। चालू आर्थिक वर्षमा कृषिलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि कृषिलाई नै पहिलो प्राथमिकतामा राखेको जनाएको छ।
गत वर्ष प्रदेश सरकारले ‘हरेक खेतमा पानी, हरेक हातमा काम’ नारा दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। यस वर्षको नीति तथा कार्यक्रममा बालबालिकाको स्वास्थ्य र महिलाका लागि विशेष कार्यक्रम तय गरिएको बताइएको छ।
प्रदेश २ सरकारको आज सार्वजनिक हुने नीति तथा कार्यक्रमका केही प्रमुख परियोजनाहरुः
- एक जिल्ला एक नमूना परियोजना
- कृषि प्रदेश अवधारणा
- कृषकको लागि कस्टोमर हाइरिङ सेन्टर स्थापना
- मुख्यमन्त्री किसान उत्थान योजना
- प्रदेश क्षमता विकास केन्द्र स्थापना
- विद्युतीय सुशासन, स्वच्छ प्रशासन योजना
- प्रदेश सूचना प्रविधि पार्कको सम्भाव्यता अध्ययन
- प्रदेश प्रेस काउन्सिल गठन
- एक पालिका एक पोखरी सौन्दर्यीकरण
- विरगञ्ज विकास प्राधिकरण गठन
- प्रदेश एनिमल ब्रिडिङ्ग सेन्टर, महोत्तरी
- प्रदेश कृषि अनुसन्धान केन्द्रको स्थापना
- चपुर–गौर, ढल्केबर–भिठ्ठामोड, ठोरी–वीरगञ्ज, नवलपुर–मलंगवा औद्योगिक कोरिडोरको सम्भाव्यता अध्ययन
- एक जिल्ला एक औद्योगिक ग्रामको स्थापना
- छिन्नमस्ता एकीकृत विकास परियोजना, महागढीमाई विकास प्राधिकरण, जनकपुर विकास प्राधिकरणको गठन
- गंगासागरमा लाइट एन्ड साउन्ड शोको व्यवस्था
- प्रादेशिक सडक बोर्डको गठन
- कृषि विश्वविद्यालय र प्राविधिक विश्वविद्यालयको स्थापना
- प्रादेशिक सशस्त्र वन रक्षक गठन गरिने
- प्रादेशिक पर्यटन बोर्ड गठन
- एक पालिका एक प्राविधिक शिक्षालयको गठन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।