काठमाडौँ- सरकारले ल्याएको बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताले असन्तुष्टि जनाएका छन्।
सत्तारुढ दलका नेता हरिबोल गजुरेलले शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको टिप्पणी गरेका हुन्।
'विगतको भन्दा राम्रो बजेट आएपनि किसानलाई उत्साहित गर्ने गरि कृषि क्षेत्रमा योजना र बजेट आउन नसकेको तथा सहिद परिवारको सम्बोधन भएको छैन,' नेकपा नेता समेत रहेका गजुरेलले भने।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता नारायण खड्काले युवा परिचालन, कर्मचारीको तलब वृद्धिलगायत सामाजिक सुरक्षाको दायित्वलाई बहन गर्न सक्ने गरी राजश्वका आधारहरु श्रृजना हुन नसकेको टिप्पणी गरेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संयोजक डा प्रकाशचन्द्र लोहनीले बजेटले सन्तुलन गुमाएको बताए।
आर्थिक संकट नियन्त्रण गर्ने सरकारको राजनीतिक प्रतिबद्धता, हिम्मत, नैतिकता र क्षमता बजेटमा नदेखिएको टिप्पणी उनको थियो।
उनले बजेटमा सामाजिक सुरक्षा र सांसद विकास कोष लगायत प्रचारमुखी कार्यक्रमको दायित्व वहन गर्ने राजश्वको क्षमता वृद्धिको आधार कमजोर रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।