काठमाडौं- पश्चिमी वायुको प्रभावले देशभरको मौसममा देखिएको छ। आंशिक बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा हुने देखिएको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।
पश्चिम क्षेत्रमध्ये पोखरामा मौसम बदली हुनेछ।
पश्चिमी वायुको प्रभावसँगै केही पूर्वी वायुको पनि मिश्रण रहेकाले बुधबारदेखि मुलुकका विभिन्न स्थानमा बढी वर्षा भएको पौडेलको भनाइ छ। उनले पश्चिम तराईमा झन्डै १५ दिनदेखि जमिन तातेकाले शनिबारदेखि मौसममा बदली भई वर्षाको सम्भावना रहेको बताए।
पछिल्लो २४ घन्टाको मौसमी तथ्यांक हेर्दा काठमाडौंमा सबैभन्दा बढी ११ मिलिमिटर वर्षा भएको छ।
शनिबार र आइतबार पनि देशैभरिको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्यभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ।
नेपालमा सामान्यतया जुन १० बाट मनसुन सुरु हुन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।