• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

लोकसेवाले ९ हजार कर्मचारी माग्दा समावेशी कोटा न्यून, यस्तो छ कारण

64x64
नेपाल लाइभ बिहीबार, जेठ १६, २०७६  २१:०४
1140x725

काठमाडौं- लोक सेवा आयोगले हालै १३ हजार ६ सय ४५ पदका लागि लागि दरखास्त आव्हान गरेको छ। जसमध्ये ४ हजार ४ सय ८४ पद बढुवाका लागि छुट्याइएको छ भने बाँकी ९ हजार १ सय ६१ पदमा खुला दरखास्त आव्हान गरिएको छ। 

लोकसेवाकै इतिहासमा यति ठूलो संख्यामा दरखास्त आव्हान गर्दा समावेशी कोटा भने निकै न्यून देखिन्छ। यस विषयमा विभिन्न राजनीतिक दलका नेतादेखि लिएर लोक सेवा तयारी गरिरहेकाले प्रश्न गरिरहेका छन्। स्थानीय तहका लागि दरखास्त मागिएकाले परीक्षा प्रणाली नयाँ किसिमको हुन्छ कि? कोर्स फेरिएको पो छ कि? स्थानीय तहको विज्ञापन भएपछि परीक्षा स्थानीय भाषामा किन भएन? जस्ता प्रश्नहरु पनि लोकसेवा आयोगले खेपिरहेको छ। 

यी विषयमा लोक सेवा आयोगले स्पष्ट पारेको छ। आयोगले निरन्तर प्रश्न झेलेपछि बिहीबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेनल गरेर स्पष्ट पारेको हो। आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले लोक सेवाको इतिहासमै धेरै पद पूर्तिका लागि गरिएको विज्ञापनमा युवाको अत्यधिक चासो रहेकाले जिज्ञासा पनि बढी रहेको बताए। त्यसैले समग्रमै ती विषयमा स्पष्ट पार्नुपरेको बताउँदै सुरुमै मुख्य तीन विषयमा स्पष्ट पारे।

समावेशी कोटा किन न्यून?
सबैभन्दा धेरै उठेको प्रश्न हो यो। ९ हजारको संख्यामा विज्ञापन गर्दा ३३ प्रतिशत महिला आरक्षण हुनुपर्थ्यो। यसरी हिसाब गर्दा तीन हजार पदमा महिला मात्रै भिड्न पाउँथे। त्यसैगरी दलित, जनजाति, महिला, अपाङ्ग, पिछडिएको क्षेत्र जस्ता आरक्षण क्षेत्र पनि छन्। तर, आरक्षण हजार होइन, सयको संख्यामै खुम्चिएको छ। अध्यक्ष मैनालीले स्पष्ट पारे, ‘हामीले देशभरकै ५ सय १५ स्थानीय तहको विज्ञापन गर्‍यौं। त्यसैले यस्तो देखियो। तर, यो स्थानीय तहको हो। स्थानीय तह छुट्टै सरकार हो। हामी पहिले जस्तो एक सरकार होइन, ५ सय १५ सरकारको विज्ञापन गरेको हो।’

देशभरिका ५ सय १५ स्थानीय तहले विभिन्न सेवामा एक/दुई वा १० जनासम्म कर्मचारी मागेका छन्। एक जना मागिएको पद पनि खुला र १० जना मागिएकोमा ५० प्रतिशत बढुवाका लागि छुट्याउँदा ५ जना र तिनै ५ जनामा  समावेशी भाग गर्दा महिला मात्रै समावेशी कोटामा परे। स्थानीय तह आफैंमा सरकार भएकाले उसैले कर्मचारी नियुक्ति गर्नुपर्ने भएपनि संरचना नभएकाले आयोगले समग्रमा विज्ञापन गरेको उनले बताए। 

के परीक्षा नयाँ तरिकाले लिइन्छ?
लोकसेवाले जेठ महिनामा विज्ञापन निकालेर साउनदेखि नै परीक्षा सुरु गर्ने भएको छ। मंसिरसम्मका अन्तर्वार्ता समेत गरेर सम्बन्धित पालिकामा पठाइसक्ने कार्यतालिका छ। तर, लामो समयदेखि लोकसेवाको तयारी गरिरहेकाहरुमा यस विषयमा केही द्विविधा छन्।

तर, आयोगले परीक्षा पुरानै प्रणाली अनुसार गर्ने जनाएको छ। तर, कोर्समा भने सामान्य हेरफेर छ। स्थानीय तहका लागि गरिएको विज्ञापन भएकाले संघीयता र स्थानीय तह सञ्चालन सम्बन्धी प्रश्नहरु पनि सोधिने छन्। यसअघि लोकसेवामा सोधिने गरेका प्रश्नहरुमा यी प्रश्न मिसाइने अध्यक्ष मैनालीले बताए। उनले भने, ‘स्थानीय तह सञ्चालन र संघीयताका जानकारी उनीहरुलाई होस् भनेर यस्तो कोर्स बनाइएको हो।’

स्थानीय भाषामा परीक्षा किन लिइएन?
स्थानीय तहका लागि स्थानीय भाषा जान्ने कर्मचारी उपयुक्त हुन सक्छ। स्थानीय भाषा जान्ने कर्मचारीबाट स्थानीयले सहज तरिकाले काम लिन सक्छन्। त्यसैले धेरैले स्थानीय तहको कर्मचारीलाई स्थानीय भाषामै परीक्षा लिनुपर्ने माग गरिरहेका छन्। तर, लोकसेवाले नेपालीमै परीक्षा लिने भयो।

Ncell 2
Ncell 2
nimb
nimb

संघीय संरचनाका लागि कर्मचारी मागे पनि कर्मचारी भर्नाका लागि नीति नियम र संरचना त्यो अनुसार बनिसकेका छैनन्। सरकारले तत्काल कर्मचारी जरुरी भएको भन्दै भर्ना गर्न लोक सेवा आयोगलाई गुहारेपछि पुरानै नीति र संरचना अनुसार दरखास्त मागिएको हो।

त्यसैले स्थानीय भाषामा परीक्षा सम्भव नभएको आयोगले जनाएको छ। तर, कर्मचारी भने सकेसम्म स्थानीय क्षेत्रकै हुने अपेक्षा गरिएको छ। एकैदिन आयोगको १४ वटा कार्यालयबाट परीक्षा हुने भएकाले त्यस्तो हुने अपेक्षा गरिएको छ। 

सेवा शर्त के हुन्छ? 
स्थानीय तहमा जाने कर्मचारीले सेवा सुविधा कस्तो पाउँछन्? यो पनि अहिले धेरै उम्मेदवारहरुले गरिरहेको प्रश्न हो। तत्काल निजामति सेवा ऐन अनुसार विज्ञापन गरिएकाले यही लागु भएपनि भविष्यमा प्रदेश सरकारले सेवा शर्तमा सम्बन्धि कानुन निर्माण गर्नेछन्। प्रदेश २ र प्रदेश ५ ले कानून निर्माण गरिसकेका छन् । त्यसैले सोही कानून अनुसार उनीहरुले सेवासुविधा प्राप्त गर्ने आयोगले जनाएको छ। 

आयोगले परीक्षा लिएपनि नियुक्ति भने स्थानीय तहबाटै पाउनेछन्। उनीहरुले रोजेको स्थानीय तहमा मेरिटका आधारमा पठाइने आयोगले जनाएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१० लाखले आवेदन दिने आंकलन
नेपालमा लोक सेवा आयोगको निष्पक्षतामा भरोसा र सरकारी जागिरप्रतिको अत्याधिक आकर्षण छ। त्यसैले लोक सेवाले गर्ने बिज्ञापन अत्यधिक दरखास्त पर्ने गरेको छ।

यसअघि वर्षमा ६ लाख ५० हजारको हाराहारीमा विज्ञापन पर्ने गरेको थियो। यसरी हिसाब गर्दा यसपल्ट कम्तीमा १० लाखले आवेदन दिने आँकलन आयोगले गरेको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  २१:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्