काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली पुगेका छन्।
प्रधानमनन्त्री ओलीलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश सचिव विजय गोखले र नेपाली राजदूतावासका कर्मचारीले स्वागत गरे।
मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन ओली बिहीबार दिउँसो भारत प्रस्थान गरेका थिए। मोदीले भारतीय समय अनुसार साँझ ७ बजे राष्ट्रपति भवनमा मोदीले सपथ लिने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयका अनुसार मोदीको सपथ ग्रहणका लागि सोमबार साँझ लिखित निम्तो आएको थियो। ओली शुक्रबार अपराह्न स्वदेश फर्किने छन्। ओली र मोदीबीच द्विपक्षीय भेटघाटसमेत हुनेछ।
मोदीले सपथ ग्रहण समारोहका लागि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरूलाई बोलाएका छन्।
बिम्स्टेक सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमुख बाहेक कीर्गिजस्थानका राष्ट्रपति र मोरिससका प्रधामन्त्रीलाई पनि आमन्त्रण गरिएको छ।
पहिलो सपथ ग्रहण समारोहमा भने मोदीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) क्षेत्रका नेताहरुलाई बोलाएका थिए। त्यति बेला नेपालका प्रधानमन्त्री सुशील कोइरालाले नेपालका तर्फबाट सहभागिता जनाएका थिए।
(तस्बिर : नेपाली राजदूतावास, नयाँ दिल्ली)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।