काठमाडौँ- सरकारले जेठ २२ गते सार्वजनिक बिदा दिने भएको छ। मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा जेठ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मुस्लिमहरुको चाड इदउल फित्रका दिन बिदा दिने निर्णय गरेका हुन्।
मुस्लिम धर्मावलम्बी सम्वद्ध विभिन्न संघसंस्थाले आफ्नो पर्वको दिन बिदा दिन माग गर्दै आएका थिए।
*(यसअघि हेडलाइनमा फरक मिति पर्न गएकोमा सच्याएका छौं)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।