फाइल तस्बिर
काठमाडौं। मुग्लिन–काठमाडौं सडकखण्ड सात घण्टाका लागि बन्द गरिने भएको छ।
धादिङको गजुरीनजिक गलौंदीमा भासिएको पृथ्वी राजमार्गको बाँकी मर्मत कार्य गर्न सडकखण्ड सात घण्टा बन्द गरिन लागेको हो।
प्रहरीले उक्त खण्डमा तत्काल यात्रा नगर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ। त्रिशूली नदीको कटानका कारण गलौंदीमा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो। सडक भासिएको क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी ब्याक कटिङमार्फत अवरोध हटाउने काम भइरहेको छ।
मर्मत कार्यका क्रममा रातभर सडक खुला राखिएको भए पनि बाँकी काम सम्पन्न गर्न पुनः सवारी आवागमन रोक्न लागिएको प्रहरीले जनाएको छ।
सडक बन्द हुने अवधिमा उक्त खण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई समय व्यवस्थापन गरी यात्रा गर्न र सडक खुल्ने अवस्थाबारे जानकारी लिएर मात्रै प्रस्थान गर्न आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।