काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बनावटी कुरा गरे सार्वजनिक मञ्चबाटै विरोध गर्न आफ्नी श्रीमती राधिका शाक्यलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले ‘प्रथम राष्ट्रिय महिला दिवस’को अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रीमती प्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, 'मैले बोलेका कुरा बनावटी भए हात उठाएर विरोध गर्न जति अधिकार छ।'
मञ्चमै बसिरहेकी प्रधानमन्त्रीकी श्रीमती शाक्यतर्फ फर्कदै उनले सो कुरा बताएका थिए।
‘महिला हेला गर्ने विषय हुँदै होईन,' प्रधानमन्त्री ओलीको भनाई थियो,‘मेरो श्रीमती नजिकै भएको हुनाले म हात उठाएर विरोध गर्ने अधिकार छ भन्दिन चाहन्छु। मैले बोलेका कुरामा फरक÷वनावटी छ भने हात उठाएर यो कुरा सही होइन भन्ने अधिकार उनलाई छ।’
प्रधानमन्त्री ओलीले महिलाको उत्थानविना समाजको उत्थान सम्भव हुँदैन भन्ने कुरा स्विकार गरिएपनि त्यसलाई कार्यान्वयनमा लैजाने कामले भने अझै गति लिन नसकेको पनि स्मरण गराएका थिए।
प्रधानमन्त्री ओलीले नेपालले महिला अधिकारको क्षेत्रमा नेपालले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरुलाई पुरुष सरह अधिकार दिलाउन लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
त्यस अवसरमा उनले महिला जनप्रतिनिधिहरुको काम गर्व गर्न लायक रहेको पनि उल्लेख गरेका थिए।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।