काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायण काजी श्रेष्ठले मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग सम्बन्धि विधेयक लगायत अन्य विवादित विधेयक कम्युनिष्ट दृष्टिकोण वा नेकपाको दृष्टिकोणका कारण नआएको दाबी गरेका छन्।
प्रवक्ता श्रेष्ठले नेकपाको पार्टीगत कुनै निर्णयका आधारमा यी विधेयकहरू नआएको स्पष्ट पारे।
‘नेकपाको पार्टीगत कुनै निर्णयका आधारमा यी विधेयक आएका पनि होइनन्। त्यसमा पार्टीको धारणा यो होइन स्पष्ट पार्न चाहन्छु,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रेस स्वतन्त्रता वा मानवअधिकार कुन्ठित हुने गरी, मानव अधिकारको काम कारबाहीलाई नकारात्मक प्रभाव पार्नेगरी यी विधेयक कानुन बन्नेवाला छैनन् र बन्दैनन्। यथास्थितिमा यी विधेयक पारित हुँदैनन्। पारित गरिनुहुँदैन। यसमा परिमार्जन हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।