काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज भारतको नयाँ दिल्ली जाँदैछन्। मित्रराष्ट्र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति भवनमा आयोजना हुने सपथ ग्रहण समारोहमा सरिक हुन ओली नयाँ दिल्ली जान लागेका हुन्।
प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे जाने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीका साथ पत्नी राधिका, परराष्ट्र सचिव, सल्लाहकार, शिष्टाचार महापाल र केही सहयोगीसमेत जाने जनाइएको छ।
उनी शुक्रबार स्वदेश फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।