भैरहवा- बुद्ध जन्मस्थल लुम्बिनीको बिकासका लागि एक अर्ब बजेट बिनियोजन गरिएको छ।
शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी गुरुयोजनाको लागि १ अर्ब बिनियोजन गरिएको हो।
लुम्बिनी गुरुयोजनाका लागि उक्त बजेट निकै कम हो।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा अगामी आव २०७६/०७७ को बजेट प्रस्तुत गर्दै लुम्बिनी गुरुयोजनाका लागि १ अर्ब बजेट विनियोजन गरिएको बताए।
जुन गुरुयोजनाको लागि यो एक चौथाई बजेट पनि होइन। गुरुयोजना सम्पन्न गर्नका लागि ६ अर्ब बजेट आवश्यक रहेको लुम्बिनी बिकास कोषले जनाएको छ।
४० वर्ष अघि जापानका वरिष्ठ वास्तुकला विद् प्रोफेसर केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजना हालसम्म ८० प्रतिशत मात्र काम सम्पन्न भएको छ।
यस्तै अर्थमन्त्री खतिवडाले विश्व सम्पदा सुचीमा सुचीकृत लुम्बिनीको विकासका लागि बुद्धसगँ सम्बन्धित स्थल तिलौराकोट, लुम्बिनी, देवदह र रामग्रामलाई जोडेर वृहत्तर गुरुयोजना तयार पारी विकास गरिने बताएका छन्।
लुम्बिनी बिकास कोषका लेखा अधिकृत भिम बस्नेतले लुम्बिनी गरुयोजना पुरा गर्नका ६ अर्ब चाहिनेमा एक अर्ब मात्र बिनियोगजन भएको बताए।
उनले एक अर्बले लुम्बिनी गुरुयोजनाको काम गर्न कठिनाई हुने समेत बताए । लुम्बिनीका लागि आएको एक अर्ब पनि लुम्बिनीमा मात्र खर्च नभई बुद्धसंग सम्बन्धित क्षेत्र कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह, नवलपरासीको रामग्राम र अन्य क्षेत्रमा पनि खर्च हुने बताए।
उनले बाँकी ५ अर्बका लागि परामर्सदाता छनौटको अन्तीम चरणमा पुगेको बताए।
उनले लुम्बिनी गुरुयोजनाको बाँकी काममो सबै संरचनाको बिषयमा परामर्शदाताले डिटेल ड्रोईङ, डिजाईन तथा लागत खर्च निकालेपछि बहुबर्षिय ढेक्का स्वीकृत गराउने तयारीमा रहेको बताए । बहुबर्षिय ढेक्का स्वीकृति पछि लुम्बिनीको बाँकी काम सम्पन्न हुने लेखा अधिकृत बस्नेतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।