काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षको लागि बुधबार बजेट विनियोजन गर्दै केही वस्तुहरुमा भन्सारको दर वृद्धि गरेको छ।
आन्तरिक उत्पादकत्वलाई बढावा दिने र आयातले निरुत्साहित गर्न भन्दै सरकारले केही खाद्यान्न तथा फेन्सी वस्तुहरुमा भन्सार राजश्व बढाएको हो।
भन्सार राजश्व बढेका वस्तुहरुमा चिया, कफी, दूग्ध पदार्थ, घ्यू, कुखुराको मासु, केराउ, बदाम, आलु चिप्स, बिस्कुट, चाउचाउ, आइसक्रिम, जुस र मिनरल वाटर रहेका छन्।
त्यसैगरी चिनी तथा सख्खर चकलेट, चुइङगम, पास्ता, जस्तापाता, जुत्ता चप्पल‚ धागो र त्रिपाल लगायतका कृषिजन्य तथा औद्योगिक वस्तुहरुको आयातमा भन्सार दर बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।