काठमाडाैं- राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले ल्याएको बजेट कम्युनिस्ट पार्टीको घोषणापत्र जस्तो भएको बताएका छन्।
अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा पेस गरेको बजेट वक्तव्यमाथि असन्तुष्टि जनाउँदै उनले भने, ‘बजेट कार्यान्वयन गर्न निकै कठिन छ। खिचडीजस्तो छ। पाक्छ कि पाक्दैन भन्ने शंका छ।’
उनले यो बजेटले समृद्धितर्फ लाग्ने छाँट नभएको टिप्पणी गरे।
‘यो बजेटले समृद्धितर्फ लाग्ने कुनै छाँट देखिएन। वितरणमुखी भएकाले जनताको हितमा छैन,’ नेता महतोले टिप्पणी गर्दै भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।