काठमाडौं– सरकारले यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोड बजेट छुट्याएको छ।
अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्ता सभामा पेश गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा यो क्षेत्रका लागि करिब १० दशमलब ६८ प्रतिशत बजेट विनियोजन गरेका हुन्।
कुल बजेटको आकार भने १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख छ। विनियोजित रकम तत्कालीन एमाले र माओवादीको संयुक्त चुनावी घोषणापत्र मार्फतको गरिएको प्रतिबद्धताको आधा मात्रै हो। 'संविधान प्रदत्त शिक्षाको मौलिक हक कार्यान्वयन गर्न कुल बजेटको २० प्रतिशत रकम शिक्षामा लगानी गरिने', घोषणापत्रमा भनिएको थियो। अघिल्लो वर्ष पनि अर्थमन्त्रीले कुल बजेटको १० दशमलव २३ प्रतिशत मात्रै बजेट विनियोजन गरेका थिए।
यस्तो छ लोकतन्त्रपछि शिक्षा क्षेत्रमा छुट्याइएको बजेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।