काठमाडौँ- अर्थमन्त्री डा युवराज खतिवडाले आयकरको न्यूनतम सिमा बढाएका छन्। अन्य दरहरु भने यथावत राखेका छन्।
अविवाहित व्यक्तिले वार्षिक ४ लाख रुपैयाँसम्म आम्दानी गर्दा १ प्रतिशत कर लाग्छ भने विवाहितको हकमा साढे ४ लाख बनाइएको छ।
यसअघि अविवाहितले लागि साढे ३ लाख र विवाहितले लागि ४ लाख आम्दानी गर्दा एक प्रतिशत कर लाग्ने गरेको थियो। आयकरका अन्य व्यवस्था भने यथावत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।