काठमाडौँ- आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले काठमाडौं उपत्यकाका सडक किनाराहरुलाई माटोरहित बनाउने घोषणा गरेका छन्।
त्यस्तै, काठमाडौं प्रवेश गर्ने प्रवेश बिन्दुमा सवारी साधन सफा गर्ने स्वचालित यन्त्रको स्थापना गरी सवारी साधन सफा गरिने उल्लेख छ।
धुलो र धुवाँबाट केही राहत पाउन उक्त कार्यले सहयोग गर्ने सरकारको अपेक्षा छ।
यस्तै, काठमाडौं लगायत शहरी क्षेत्रमा वायु प्रदुषण कम गर्न विद्युतीय बसहरुको प्रयोगलाई प्राथमिकता दिइने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।