काठमाडौँ- सरकारले निगगढ अन्तर्राष्ट्रिय विमानस्थलाई प्राथमिकताका साथ बजेट विनियोजन गरको बताएको छ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यो विमानस्थल निर्माण पूर्वतयारी गर्ने गरी बजेट व्यवस्था गरेको बताएका हुन्।
तर, चालु आवको बजेटमा भने सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण थालनी नै गर्ने प्रतिबद्धा गरको थियो।
नेपालभित्र सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल भनेकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र हो। निर्माणको चरणमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हो।
यी ३ वटै विमानस्थलहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को स्टान्डर्ड र मापदन्डअनुसार धैरै कुरा लागू हुन सक्दैन। यी ३ वटै विमानस्थल फुल फेज विमानस्थल भित्र पनि पर्दैनन्।
किनकि काठमाडौं विमानस्थलको पनि आफ्नो सीमितता छ भने पोखरा र गौतमबुद्धको पनि उस्तै छ भन्दै सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलाई एसियाको हव विमानस्थल निर्माण गर्ने गरी अगाडि सारेको आयोजना हो।
नेपालको आर्थिक–सामाजिक रुपान्तरणका लागि निजगढ विमानस्थल ‘गेम चेन्जर’ प्रोजेक्टको रुपमा अगाडि सारिएको छ। विमानस्थल निर्माण हुने ठाउँ ८० वर्ग किलोमिटर क्षेत्र हो।
यो विमानस्थल निर्माणको कुरा १९९० को दशकमै आएको थियो। तर, यो विमानस्थल बनाउनु पर्छ भन्ने कुरा र काम थालनी सन् २०११ बाट सुरु भएको हो।
विमानस्थल निर्माणका लागि नेपाल सरकारले कोरियन कम्पनी एलएमडब्लुसँग बुट मोडेलमा विमानस्थल बनाउने भन्दै विमानस्थल निर्माणको विस्तृत सम्भाव्यता अध्ययन गरेको थियो। उसको रिपोर्ट सरकारले ग्रहण पनि गरिसकेको छ।
आर्थिक वर्ष २०७०÷०७१ पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले यस विषयमा केही अध्ययन गर्नुपर्छ भनी वातावारणीय प्रभाव मूल्यांकनको काम थालीन गरेको थियौं। विमानस्थलको चार किल्ला प्रमाणितको काम भइसकेको छ। मुआब्जा वितरणका लागि दररेट तोकियोछ। अहिले मुआब्जा वितरण पनि ५५ प्रतिशत भन्दा बढी भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।