काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षबाटै सबै प्रदेशमा कम्तीमा एक बहुतले बसपार्क बनाईने गरी बजेट विनियोजन गरेको छ।
समग्र यातायात व्यवस्थापन तथा पूर्वाधार विकासका लागि १ अर्ब ५३ करोडको बजेट विनियोजन गरेको सरकारले सबै प्रदेशमा बहुतले बसपार्क बनाउने नयाँ योजना सार्वजनिक गरेको हो।
सार्वजनिक नीजि साझेदारीमा बहुतले बसपार्क तथा पार्किङस्थल स्थापना गरिने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई छ।
त्यसैगरी, सबै प्रदेश केन्द्रमा सवारी फिटनेस केन्द्र स्थापना गरिनेछ।
बजेटले ठूला यात्रु क्षमताका यात्रुबाहक बसलाई प्राथमिकता राखिने जनाएको छ। त्यसैगरी, सबै सवारी साधनमा जीपीएस जडान गरेर उनीहरुको अवस्थितिबारे अनलाईनबाट जानकारी लिने व्यवस्था मिलाईने बताइएको छ।
विद्युतीय सवारी साधनका सञ्चालनलाई प्राथमिकतामा राखेर देशका विभिन्न स्थानमा विद्युतीय सवारी साधन चार्जिङ स्टेशन निर्माण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।