काठमाडौँ- सरकारले नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय स्थलको रुपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धिको सम्भावना रहेको क्षेत्र भन्दै पर्यटन प्रवर्द्धनका लागि २ अर्ब ६८ करोड बजेट छुट्याएको छ।
नेपाल भ्रमण वर्ष २०२० मनाउनका लागि पर्यटकिय स्थलहरुको प्रोफाइल निर्माण तथा प्रचारप्रसार गर्ने अर्थमन्त्री युवराज खतिवडाले बताए ।
वार्षिक बजेट प्रस्तुत गर्दै पर्वतीय, धार्मिक, स्वास्थ्य, खेल, जल पर्यटनलगायतको एकीकृत पर्यटन कार्यक्रम बनाएर सञ्चालन गर्ने बताए।
उनले दार्चुला-ताप्लेजुङसम्म हरित मार्ग निमार्ण गर्ने बताए।
पर्यटकीय स्थलसम्म पुग्ने सडक र केबलकार निर्माणलाई जोड दिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।