काठमाडौं– सरकारले तीनवटा प्रदेशलाई अँध्यारोमुक्त बनाउने लक्ष्य लिएको छ । प्र्रदेश २, कर्णाली र सुदूरपश्चिमलाई सवैभन्दा पहिले अँध्यारोमुक्त प्रदेश घोषणा गरिने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।
आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । सौर्य, जैविक र वायु जस्तो ऊर्जाबाट सवै ठाउँमा आधुनिक उज्यालो पु¥याउने बताइएको छ । सरकारले ऊर्जा समृद्धिको संवाहक बताउँदै सवै नेपालीको घरमा आधुनिक ऊर्जा पु¥याउने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।