काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ बाट लागु हुनेगरी वृद्ध भत्ता बढाएको छ। हाल २ हजार रुपैयाँ रहेको वृद्धभत्ता एक हजार रुपैयाँले बढर तीन हजार पुगेको हो।
सत्तारुढ पार्टी नेकपाले आफ्नो चुनावी घोषणापत्र मार्फत वृद्धभत्तालगायत अन्य सामाजिक भत्ता बढाएर ५ वर्षमा ५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेको थियो।
दुई तिहाई सहित नेकपाले सरकार गठन गरेपनि चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षाभत्ताको रकम नबढाईएपछि चुनावी घोषणापत्रले गरेको वाचा पुरा नगरेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाको पार्टी भित्रै आलोचना भएको थियो।
जसका कारण आगामी आर्थिक वर्षबाट लागुहुनेगरी जुनसुकै हालतमा वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता बढाउने दवाव सरकारलाई थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।