स्वास्थ्य स्वयम् सेविकालाई वार्षिक तीन हजार यातायात खर्च दिइने

नेपाल लाइभ | २०७६ जेठ १५ बुधबार | Wednesday, May 29, 2019 १६:३२:०० मा प्रकाशित

काठमाडौं– स्थास्थ्य स्वयम् सेविकालाई वार्षिक तीन हजार यातायात खर्च दिइने भएको छ। सरकारले आगामी आर्थिक वर्ष २०७६७७का लागि संसदमा प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको बताएको हो। यसका लागि सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ। बजेट अर्थ मन्त्री युवराज खतिवडाले प्रस्तुत गर्दैछन्।