दाङ- दाङमा प्रहरी चढेका दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर छ।
दंगीशरण गाउँपालिका वडा नं ६ श्रीगाउँमा बुधबार पौने १ बजेतिर दुवै मोटरसाईकल एक आपसमा ठोक्किएका थिए।
दाङको तुलसीपुरबाट पश्चिम दाङतर्फ जाँदै गरको प्रहरी हवलदार कर्णबहादुर ओली सवार भे ९ प २२४६ नम्बरको मोटरसाइकल र पश्चिम दाङबाट तुलसीपुर आउँदै गरेको प्रहरी हवलदार दिपेन्द्र बस्नेत सवार रा २ प २५७४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्।
दुर्घटनामा हवलदार रुकुम सानीभेरी गाउँपालिका ८ गरायला निवासी ३२ वर्षीय ओली र उनका छोरा १० वर्षीय एलन ओली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए।
उनका अनुसार सोही मोटरसाइकलमा सवार ओलीका भाइ नाता पर्ने दंगीशरण गाउँपालिका ४ मौलीशहर निवासी २३ वर्षीय कर्ण देव ओलीको अवस्था सामान्य छ। प्रहरी हवलदार ओलीले चलाएको गाडीमा तीन जना सवार थिए। ओली तुलसीपुर बसपार्कको शान्ति सुरक्षामा खटिने गरेका छन्।
त्यस्तै अर्को मोटरसाइकलमा सवार प्रहरी हवलदार ३६ वर्षीय दीपेन्द्र बस्नेतको अबस्था भने सामान्य रहेको छ। बझाङ घर भएका बस्नेत इलाका प्रहरी कायर्यालय खिलतपुरमा कार्यरत छन्।
घाइते चारैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।