डडेल्धुरा– डोटीमा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको जोरायल गाउँपालिका–३ की ३६ वर्षीया दुर्गादेवी साहु रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
घर नजिकैको सामुदायिक वनमा आगलागी भएपछि आगो निभाउने क्रममा गम्भीर घाइते भएकी साहुको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका श्रीमान् भीमबहादुर साहुले बताए।
बुधबार बिहान सबेरै जंगलमा लागेको आगो निभाउने क्रममा उनी घाइते भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।