सिरहा- अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा सबल नेपालले विभिन्न स्थानमा महिनावारी स्वच्छता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।
सबल नेपालले सिरहाका विभिन्न स्थानमा महिनावारी स्वच्छता सम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले हाजिरीजवाफ, सडक नाटक र फोटो प्रदर्शनी सम्पन्न गरेको हो।
संस्थाले सिरहाको कल्याणपुरमा डब्लुएचएचको साझेदारीमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ।
हाजिरी जवाफ प्रतियोगितामा महिनावारी स्वास्थ्य लगायतका विविध विषयमा प्रश्नहरु सोधिएको थियो।
प्रतियोगितामा रामदुलारी मावि पहिलो भएको थियो भने बिष्णुचरण श्रेष्ठ मावि दोश्रो भए।
त्यसैगरी लक्ष्मण मण्डल जनता मावि तेश्रो भएको थियो। विजयी प्रतियोगीहरुलाई कल्याणपुर नगरपालिकाकी उपमेयर रोहिणीकुमारी यादवले ट्रफी तथा प्रमाण पत्र वितरण गरेकी थिइन्।
पहिलो हुनेलाई प्याड राख्न प्रयोग गरिने बाकस र दोस्रो तथा तेस्रो हुनेलाई प्रयोग गरिएका प्याड राख्ने डस्बिन प्रदान गरिएको सबल नेपालकी अधिकृत अर्चना यादवले जानकारी दिइन्।

सिरहामा नै सबल नेपालद्धारा कल्याणपुर नगरपालिकामा महिनावारी स्वच्छता सम्बन्धी फोटो प्रर्दशनी समेत गरिएको थियो।
यसैगरी कर्न्जन्हामा महिनावारी स्वच्छता सम्बन्धी सडक नाटकको समेत आयोजना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।