फाइल तस्बिर
काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनतालाई भड्काउने छुट कसैलाई पनि भएको बताएका छन्।
अध्यक्ष दाहालले मुलुकको ईतिहास र प्रकृतिले दिएका सम्पदाहरुको सदुपयोग गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन केन्द्रित हुन पनि सबैलाई आह्वानसमेत गरेका छन्।
गन्तव्य नेपालद्धारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने 'मुलुकको प्रकृति, विविधता र त्यस भित्रको शान्दार एकता मुलुकको समृद्धिका लागि अति उपयोगी समय आएको छ। विकास निर्माणको कामलाई छिटोभन्दा छिटो गति दिनुपर्ने आवश्यक्ता छ। तर जनता भड्काउने छुट कसैलाई पनि छैन।'
अध्यक्ष दाहालले हिमाल, पहाड र तराईजस्ता भौगोलिक सम्पन्नताले भरिपूर्ण भएर पनि विगतमा नेपालले राजनीतिक अस्थिरताकै कारण प्रगति गर्न नसकेको पनि स्पष्ट पारे।
गौतम बुद्धको नेपाली भूमिलाई समृद्ध बनाउन पर्यटन प्रवर्द्धन गरेर अघि बढने योजना पनि अघि सारेका अध्यक्ष दाहालले गन्तव्य नेपालले ‘नेपाल भ्रमण वर्ष–२०१९’लाई सफल बनाउन गन्तव्य नेपालको योगदानको पनि प्रशंशा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।